
केश अनुसन्धान तथा कन्ट्रयाक्ट ट्रेसिङ टिमलाई एकदिने अभिमूखि कार्यक्रम

मंसिर ८, चौतारा (सिन्धुपाल्चोक) । कोभिड–१९ लाई लक्षित गरि जिल्ला स्वास्थ्य कार्यालय लगाएत संस्थाहरुले चौतारामा एकदिने अभिमूखि कार्यक्रम सम्पन्न गरेका छन् । जिल्लाको जुगल होटेलमा मंसिर ५, ६ र ७ गते क्रमशः एकदिने केश अनुसन्धान तथा कन्ट्रयाक्ट ट्रेसिङ टिमलाई अभिमूखिकरण तालिम प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ट जनस्वास्थ्य अधिकृत दुर्गाप्रसाद चापागाँईले सिन्धुज्वालालाई जानकारी दिए । उनका अनुसार जिल्लाका साविक ३ वटै क्षेत्रका स्थनीय स्वास्थ्य कार्यालका प्रमुखहरु लगाएत सहभागीलाई क्षेत्रगत रुपमा एकदिने अभिमूखिकरण तालिम दिईएको हो । तालिम एकैदिन गराउँदा कोभिड–१९ को जोखिम बढ्ने भएपछि एक–एकदिन गरेर ३ समुह बनाई ३ दिन तालिम प्रदान गरिएको जनस्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए । अधिमूखिकरणमा कोरोना भाईरस रोग सम्बन्धी जानकारी कोभिड–१९ को केश र कन्टायक्टरको परिभाषा तथा आईसोलेलन र क्वारेन्टाईनको परिभाषा बारे जानकारी दिने उद्देश्य रहेको उनले बताए ।
त्यस्तै आयोजकका अनुसार अभिमूखिबाट केश अनुसन्धान र कन्ट्रयाक्ट पहिचानको परिचय प्रक्रिया र अन्य जानकारी तथा सिआईसिटी टोलीको भूमिका संरचना र प्रयोजनहरु बारे प्रष्ट पार्न तथा कोभिड–१९ सम्बन्धी जोखिम संचारबारे कार्यक्रमबाट जानकारी प्राप्त हुने छ । त्यस्तै कोभिड–१९ को परिक्षण आरटि पिसिआर तथा सुरक्षा प्रोटोकल बारे जानकारी दिन र सिआईसिटी सम्बन्धी अभिलेख तथा प्रतिवेदन फारमबारे जानकारी गराउन मुख्य अभिमूखिकरणको मुख्य आशय रहेको जनस्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए ।
। एकदिने अकिभमूखिकरणको आयोजक संस्था युएसएआईडी, सुआहारा, टुकीसंघ सुनकोशी र जिल्ला स्वास्थ्या कार्यालयको सहयोग र समन्वयमा भएको हो ।
आईतबार गरिएको कार्यक्रमको समापन जिल्ला समन्वय प्रमुख कृष्णगोपालको प्रमुख आतिथ्यमा भएको हो । जिल्ला समन्वय प्रमुख तामाङले अभिमूखिकरण तालिमले कोभिड–१९ का विरुद्व सचेचना तथा प्रतिरोध क्षमता वृद्वि गर्न प्रभावकारी हुने बताए । अभिमूखि कार्यक्रमसंगै कार्यान्वयनको प्रक्रियालाई समेत लागु गर्न आवश्यक रहेको औंल्याए ।