मेलम्ची नगरपालिकाकाे प्रशासनिक भवनकाे उदघाटन

मंसिर ५, मेलम्ची (सिन्धुपाल्चाेक) । मेलम्ची नगरपालिकाले अब आफ्नै भवनबाट सेवा सुरु सुचारू गर्ने भएकाे छ । प्रशासनिक भवनकाे शुक्रबार पूूूूूर्व कानुन मन्त्री एबम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले उदघाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी रहेका तामाङ्ले सबै पालिकाहरुले तिब्रगतिमा काम गरिरहेकोले अब त्यसको नतिजा आउने बेला भएको बताए । उनले अब समृद्ध नगरपालिका छिट्टै हुनेमा ढुक्क हुन नगरबासिलाइ आग्रह गरे । मेलम्ची अन्नको भण्डार भएकाले नगरलाई चाहिने तरकारी तथा कृषि बालिहरु आफ्नै ठाउमा उब्जनि गर्नसक्नु पर्न धारणा राखे । भवन संगै सेवा सुबिधा पनि सन्तोष जनक बनाउन पर्ने भन्दै कर्मचारी हरुले आफ्नो कामको रफ्तार लाई बढाउनपर्ने बताउनु बताए । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाको भवन मात्र हैन अब सबै वडाकार्यलयको भवन पनि क्रमश निर्माण हुँदै जाने जानकारी दिए । नगरपालिकाको राम्रो कामको प्रचार नभएको तर तथ्य हिनकाममको कुप्रचार गरेको भन्दै पत्रकार हरुमा सत्य तत्थ्य बुझेरमात्र समाचार लेख्न आग्रह गरे । गलतकामलाई गलत र राम्रो कामलाइ राम्रो भन्न पत्रकारले सक्नुपर्ने अाैल्याए ।
यसअघि भाडामा बस्दै आएको नगरपालिकाले आजबाट आफ्नै भबनबाट सेवा सुरु गरेको हो । अब नगरपालिकाले एउटै भबन बाट नगरपालिकाले दिने सेवासुबिधा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । कृषि ,पशु र आयुर्वेदिक अस्पतालको सेवा बाहेक सम्पुर्ण सेवा अब आफ्नै भबन बाट सन्चालन हुने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए । कार्यक्रममा विभिन्न बिधामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी,शिक्षक,खेलाडी,जग्गादाताहरुलाइ सम्मान गरिएको थियो । देश संघिय संरचनामा गएसङै अहिले सम्म पनि प्राय स्थानिय तहले घर भाडामा लिएर सेवा प्रबाह गरिरहेपनी मेलम्ची नगरपालिकाले भने आजबाट आफ्नै भबन बाट सेवा सुरु गरेको हाे ।
कुल ६ करोड ६लाख ३९ हजार ३ सय ६४ रुपियाँमा निर्माण सम्पन्न भएको ४ तलाको रहेको छ ।
७७ साल बैशाख बाटै नगरपालिकाको आफ्नै भबन बाट सेवा सुरुगर्ने लक्ष्य भएपनी भबन कोरोना भाइरस कोभिड १९को कारणले गर्दा केही ढिला भएको उपप्रमुख भगवती नेपालले बताउनुभयो । यस भबनलाई आइसोलेसन बनाइएको कारणले गर्दा केही ढिला भएपनि को भन्दै अब आफ्नै भबनबाट सेवा दिन पाउने भएकोमा खुशी व्यक्त गरिन । ४ तल्ले भबनमा २५ वटा कोठा रहेको अपांगमैत्री,सुबिधा सम्पन्न सभाहल,बैठकहल लगायतका संरचना रहेका छन् । कार्यक्रममा नेपाली कांग्रसका मेलम्ची नगरपालिकाका सभापति मधुसूदन सिग्देलले नगरपालिकाले आफ्नै भबनबाट सेवा सुरुगर्न लागेकोमा खुशी व्यक्त गर्दै नगरपालिकामा भएका बेथितिहरु अन्त्य हुन जरुरी रहेको बताए ।

कार्यक्रममा रास्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रिय अध्यक्ष फणीन्द्र दाहालले बजेट बिनियोजनमा मनोमानी भएको आरोप लागाए । उनले सबै वडाहरुमा समान बजेट बिनियोजन गरे मात्र नगरपालिका समृद्ध हुने भन्दै सबैलाइ समान व्यवहार गर्न उहाँले नगरपालिकाको ध्यानाकर्षण गराए । उनले बिरोधको लागि बिरोध मात्र नभई नगरपालिकाले गरेको राम्रो कामको प्रचार गर्नपनी पत्रकार लगाएत नगरबासिलाइ आग्रह गरे ।