ईन्जिनिएर र ठेकेदारकै देखियो चरम लापरवाही, सब–बेस माथिनै पिचको तयारी
मंसिर ४, साँगाचोक (सिन्धुपाल्चोक) । यतिबेला सिन्धुपाल्चोकका ग्राामिण सडकहरु स्तर उन्नती गर्ने काम भईरहेको छ । बागमति प्रदेश सरकार तथा नगरपालिकाको लगानीमा प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे पु¥याउने योजना अनुसार सडकको स्तर उन्नतीको काम हुन लागेको हो । तर सडक कालोपत्रे नसकिदै पिच उक्किने तथा खाल्डाखुल्डी पर्ने देखिएको छ । एकवर्ष सम्म पनि नटिक्ने कालेपत्रे सडक सस्तोमा निर्माण हुने त छैदैछ त्यसमा पनि निर्माण व्यवसायी र ईन्जिनिएरको चरम लापरबाही हुने देखिएको छ । यस्तो लापरबाही चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा कालोपत्रे हुँदै गरेको सडकमा देखिएको हो । बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले मंगलबार साँगाचोक डडुवा सडकको छड्के अनुगमन गरेका छन् । अनुगमनका क्रममा सब–बेस माथि नै पिच गर्न लागिएको भेटिएको हो । पिच गर्ने तयारीको लागि बेस भनेर विछ्याइएको गिटिमा अधिकांश ठूला साईजका नेचुरल गिटी भेटिएपछि मन्त्री दुलालले सो सडक हेर्ने ईन्जिनिएरलाई तुरुन्त सच्याउन निर्देशन दिएका छन् । ‘बेस भनेर विछ्याईएको गिटी नेचुरल रोडा देखियो’, अनुगमन पछि मन्त्री दुलालले भने‘, सडक निर्माणमा धेरै कमजोरी देखिएको छ ।’ बेस भनेर विछ्याईएको नेचुरल सहितको ग्राबेललाई निकालेर उपयुक्त राख्न वा त्यसमाथि नै थप्न आफुले निर्देशन दिएको मन्त्री दुलालले बताए । ‘ठेक्का बिलोमा प¥यो वा परेन सरोकारको विषय होईन क्वाईलेटी राम्रो हनुपर्छ’, उपमेयर तथा वडाअध्यक्ष सहित अनुगमनमा पुगेका मन्त्री दुलालले भने । प्राविधिकको स्टेटमेट अनुसार गुणस्तरीय काम नभए सिफारिस र भुक्तानी नगर्न सम्बन्धित पक्षलाई उनले निर्देशन समेत दिए ।
आफुले ईन्जिनिएर र ठेकेदार कम्पनीलाई सडक निर्माणमा त्रुटी भएको कुरा सच्याउन भन्दा पनि सुनुवाई नभएको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले सिन्धुज्वालालाई बताए । ‘हामीले कमजोरी भएको सन्दर्भमा धेरै पटक उहाँहरुलाई भन्यौं तर हाम्रो कुरा सुनुवाई नै भएन’, वडा अध्यक्ष श्रेष्ठले भने । निर्माण व्यवसायी र साईड हेर्ने ईन्जिनिएरले जनप्रतिनिधिको सल्लाहा नलिएको उनले दुःखेसो पोखे । बुधबार ईन्जिनएर र निर्माण व्यवसायी सहित बसेको त्रिपक्षीय छलफलमा अहिलेको बेसलाई सब–बेस मानेर पुनः उपयुक्त बेस राखेर पिच गर्न मन्त्री दुलालले निर्देशन दिएअनुसार नै आफुले सुझाएको उनले बताए । ‘बेस राख्दा केही नेचुरल मिसिएको हुन सक्छ ल्याब टेष्ट गरेर बदल्न पर्ने या नपर्ने हामी छिट्टै निश्कर्षमा पुग्छौं’, उक्त साईड हेर्ने ईन्जिनिएर बद्री भुजेलले भने । ल्याब टेष्ट गरेर निचोडमा नपुगेसम्म काम रोक्ने उनले बताए ।
सेतीदेवी कन्ट्रक्सन र शान्तीदेवी कन्ट्रक्सनले ३ सय २५ का दरले ६ सय ५० मिटर सडकको पिच गर्ने जिम्मा लिएका हुन् । सडक निर्माणमा सामन्य त्रुटी भएपनि ठुलै गल्ति भने नगरिएको निर्माण व्यवसायी राम नेपालले सिन्धुज्वालालाई बताए । कमजोरी सच्याउन आफु तयार भएको उनको भनाई छ ।
६ सय मिटर सडक निर्माण भएसंगै १४ नम्बर वडा जोड्ने सडक करिब २ किलोमिटर कालोपत्रे हुनेछ । वडासम्म पुग्न अझै २ किमी बाँकी रहने वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।
यसैबीच मन्त्री दुलालले वडा नम्बर १३ ठूलोसिरुवारीमा निर्माण भएको कालोपत्रे सडकको समेत अनुगमन गरेका छन् । त्याहाँ पौने २ किलोमिटर सडक कालोपत्रे तथा ढलान भईसकेको छ । वडा अध्यक्ष रामप्रसाद गौतमका अनुसार वडा कार्यालय सम्म जोडिन अब आधा किमी मात्रै बा्ँकी छ । मन्त्री दुलालकै पहलमा प्रदेशको तथा नगरपालिकाको बजेटबाट १४ वटै वडाहरुमा सडक स्तर उन्नतीको काम भईरहेको उपमेयर जानुका पराजुलीको भनाई छ । मन्त्री दुलाले ग्रामिण सडकको स्तर उन्नती गर्न चासो र सक्रियता देखाएपछि गाउँ–गाउँमा कालोपत्रे हुने भएको छ । मन्त्री दुलालको पहलमा नौबिसे–चौतारा–नवलपुर–मेलम्ची सडक, चौतारा–सानोसिरुवारी–झ्याडी–सिपाघाट सडक र जर्सिङपौवा–नाङलेभारे–फड्केश्वर लगाएतका सडकहरु समेत स्तर उन्नती निर्माणको चरणमा रहेका छन् । आवश्यक बजेट तथा निर्माणमा चासो नहुँदा निकै लामो समय देखि यि सडकहरु अलपत्र परेका थिए ।