क्वाईलेटी कन्ट्रोलमा कुनै कम्प्रमाईज हुँदैन–मन्त्री दुलाल

मंसिर ३, चौतारा । बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारद्वारा गरिने कुनैपनि आयोजनाहरुको क्वाईलेटी कन्ट्रोलमा कुनै कम्प्रमाईज नहुने बताएका छन् । मंगलबार चौतारा स्याउले सडकको निरिक्षण गर्न चौतारा पुगका मन्त्री दुलालले सम्झौता र स्टेटमेट अनुसारको कामको निरिक्षण गर्न आयोजनालाई समेत निर्देशन दिएका छन् । प्राविधिक सहितको टोली लिएर निर्माणधिन सडक अन्र्तगत दारेगौंडामा पुगेका मन्त्री दुलालले आयोजनालाई भने, ‘भत्काएर बनाउनु पर्ने हुनसक्छ आयोजनाले त्यो राम्रोसंग निरिक्षण गर्न जरुरी छ ।’ डिजाईन र स्टेटमेट अनुसारको काम क्वाईलेटी कन्ट्रोल भएरै गर्न मन्त्री दुलालले निर्देशन समेत दिए । सम्बन्धित स्थानीयले बाटोको सन्दर्भमा लिएको चासो उपयुक्त भएको बताउँदै मन्त्री दुलालले अब हुने काम पनि निरन्तर चासो लिन आग्रह समेत गरे । स्याउले सम्म हुने सडकलाई आयोजनाले पुर्नमूल्याङ्कन गरेर थप एककिलोमिटर बढाईएकोमा आयोजनालाई धन्यवाद दिंदै मन्त्री दुलाललले म्याक्सिएम भेरियसन गरेर गर्ने कामहरुमा आयोजनाको ध्यान पु¥याउन समेत सुझाए । सडकका दायाँबायाँ र घुम्ती मोडहरुमा साईड दिने समेत ठाउँहरु बनाएर अब बाटोलाई कसरी बलियो बनाउन सकिन्छ भनेर लाग्न उनले आग्रह गरे । सडक निर्माणमा चरम लापरबाही भएको भन्दै सामाजिक सञ्जालहरुमै व्यापक आलोचना हुन थालेपछि मन्त्री दुलाल सडक निरिक्षण गर्न त्याँहा पुगेका हुन् । दारेगौँडामा थालिएको ढलान माटो माथि नै गरिएको र गुणस्तरहिन सामाग्री प्रयोग गरिएको भन्दै व्यापक आलोचना भएको थियो ।

सडक निर्माणमा चरम लापरवाही भएको स्थानीयको आरोप छ । असारमा बुनेर राखिएको ५ महिना अघि देखिको रडलाई सडक निर्माण गरिएको गौरती भिमेश्वर क्लवका अध्यक्ष वाङ्गेल लामाले बताए । उनका अनुसार माटो माथीनै रड विछाएर ढलान गरिएको हो । रड उठाएर ढलान गर्न पर्ने ठाउँमा नगरिएको उनको भनाई छ । स्थानीय जनप्रतिनिधिलाई सो कमजोरीको बारेमा जानकारी दिए पनि कायान्वयन नभएको उनले बताए । ‘क्वाईलेटी काम हुनपर्छ भनेर विरोध जनाउँदा जनाउँदै पनि कम रोक्न सकेनौं’, लामाले भने । ढलान समेत तोकिए अनुसारको बाक्लो नभएको स्थानीय नाम्गेल लामाको भनाई छ ।

आफुलाई सडक निर्माणमा मापदण्ड पुगे नपुगेको कुनै ज्ञान नभएको सोही वडाका अक्ष्यक्ष तोकबहादुर तामाङले बताए ।
तर सो सडकको आयोजना रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसिर्आपी) ले भने सामन्य त्रुटी बाहेक जनताले आलोचना गरे जस्तो नभएको बताएको छ । ‘जनताको गुनासो जायज भएपनि कतिपय कुराहरु जानकारी नभएको कुराहरु पनि आएको छ,’ आरपीआईपीका प्रमुख मोहन कुमार चापाँगाईले भने । भुक्तानी गर्ने बेलामा कालोपत्रे सडकको १५–१५ मिटरमा कोरकटिङ गरेर त्यसको थिकनेस निकालेर मेजर गरिने उनले बताए । ‘सडकको केही भाग काट्दा आउने थिकनेस १४ आयो भने १४ र १५ आयो भने १५ नम्बर नै तिर्ने हो’, आयोजना प्रमुख चापाँगाईले भने । सडकको भू–वनटोटको कारणले सोेचेको जति काम गर्न नसकिए पनि क्वालेटी कन्ट्रोल हुने उनको दावी छ । सडकको पहिलाको डिजाईन ३.७५ मीटर रहेपनि सडक वर्षाको भलले छोप्ने भएपछि ४.५० मीटर फराकिलो गर्न लागिएको उनले बताए । सोही आयोजनाका साईड ईन्जिनिएर पारश पाण्डेले थानीय जनताकै साथ र सहयोगमा कामलाई चुस्त बनाईने प्रतिवद्वता जनाए । सडक निर्माणको रकमाटै व्यवस्थापन गरेर सानो ओख्रेनी सम्मको एक किलोमिटर थप गरिएको उनले बताए ।
उनका अनअुसार भ्याट सहित २२ करोड लागतमा स्तरउन्नती हुने उक्त सडक पुष मसान्त सम्म त्यसको समय अवधि छ । निर्माणको लागी यस अघि दुई वर्ष थपिएको थियो । कोराना माहामारीको कारण देखाउँदै काम ठप्प भएपछि निर्माण सम्पन्न नसकिएको हो । समय अवधि पुष मसान्त सम्म रहेपनि त्यस भन्दा अगाडि सक्ने स्टेटमेट रहेको साईड ईन्जिनिएर पाण्डेले जनारकारी दिए । उनका अनुसार अब नसकिए म्याद थप गर्न मुश्किल छ । सार्वजनिक खरिद ऐनले नमिल्ने उनले बताए । स्टक्चरको ९० प्रतिशत काम सम्पन्न भईसकेकोले पुषमै सम्पन्न गरिसक्ने उनले दावी गरे । उनका अनुसार स्याउले बजारको अन्तिमसम्म जम्मा ६ किमी सडक कालोपत्रे हुनेछ । नालीबाट साँडेचारमिटरको चौढाईमा पिच हुने उक्त सडक ४ सेमी बाक्ला पीच हुने उनले बताए । उनका अनुसार अक्सफाल कंक्रिटद्वारा ४ सेमीको थिकनेस भएको पीच सम्भव त जिल्लाका ग्रामिण सडकमा सिन्धुपाल्चोकमा पहिलो प्रयोग भएको उनको दावी छ ।

यसको सुरुवात तत्कालिन जिल्ला विकास समितिले २०७४ असारको अन्तिममा ठेक्का लगाएको हो । त्यतिबेला जिल्ला स्थित कार्यालयहरु खारेज भएको त्यतिबेला भएको थियो । २०७६ असार सम्म दुईवर्षको समय अवधि थियो । गत असारबाट यो पुष सम्म थपिएको हो । बज्रगुरु कन्ट्रक्सन कम्पनीलाई निर्माणका जिम्मा दिईएको थियो । ईन्जिनिएर पाण्डेका अनुसार स्याउले बजार सम्म कालो पत्रे हुने र त्यसपछि पुनः एककिलोकिटर थप गरी सानो ओख्रेनी सम्म ग्राभेल गरिने छ ।
तत्कालिन जिल्ला विकास समितिले ग्रामीण सडकहरुको स्तरउन्नती गरी यातायात सुचारु गर्ने योजनाका साथ सिन्धुपाल्चोकमा ¥याप थ्री नामको प्रोजेक्ट जिल्लामा प्रवेश गराईएको थियो । सोही प्रोजेक्टले चौतारा स्याउले लगाएत जिल्लाका ५ सय ८५ वटा सडकको काम थालेको थियो तर तीन वर्ष नपुग्दै प्रोजेक्ट हिडेंपछि सडक निर्माणको काम अलपत्र बनेको हो । ¥याप थ्रीले छाडेको अधुरो कामलाई ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसी आईपी) ले सुरुवात गरेको हो । ठेक्काको आयोजना बज्रगुरु कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।