
सिपाघाट बजारका युवाहरुद्वारा बलात्कार विरुद्ध जनचेतनामुलुक प्रदर्शन कार्यक्रम

कार्तिक २९, मण्डनदेउपुर (काभ्रे )। जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट बजारमा बलात्कारी विरुद्धको जनचेतनामूलक प्रदर्शन कार्यक्रम सुरु भएको छ।
लक्ष्मी पुजाको अबसर पारि सिपाघाट बजारका युवाहरुले बलात्कार विरुद्धको जनचेतनामुलक प्रदर्शन कार्यक्रम सुरु गरेको हो।
चहाडको समयमा रमाइलो भन्दा पनि महिला हिंसा विरुद्ध आवाज उठाउने युवाहरु प्रति सम्मान जागेर आएको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष डिल्ली आचार्यले बताए ।
वर्तमान समयलाई हेर्ने हो भने नेपालको विभिन्न ठाउँहरुमा बलात्कारको घटनाहरु भईरहेको हुनाले हामी सबै मिलि यस्ता नकारात्मक कार्यको घोर विरोध गरि चेलीबेटीहरुलाई सजग गराउनपर्ने अध्यक्ष आचार्यले बताए ।
अनौपचारिक कार्यक्रम गर्दै विगतमा घटेका बलात्कारको घटना पुन नदोहोरियोस भन्ने हेतुले महिलाहरूलाई सजग र बलात्कारीहरुलाई खबरदारी गराउने यश कार्यक्रमको मुख्य उद्देश्य रहेको युवा प्रदर्शनकारी रमेश खत्रीले सिन्धुज्वालालाई बताए ।
हामी आफ्नो चेली सुरक्षित राखौ सजग गराउने र राक्षेसि सोच भएका बलात्कारीहरुलाई खबरदारी गराउन पर्ने मुख्य बिषय रहेको खत्रीले बताए ।
कार्यक्रम सञ्चालनमा सबैले भुमिका उत्तिनै भएपनि अझ बढि गणेश भण्डारी , अर्जुन आचार्य , इन्द्र श्रेष्ठ ,लगायतका अग्रजहरुले महत्त्वपूर्ण भुमिका खेलेर कार्यक्रम सम्पन्न भएको युवा प्रदर्शनकारी खत्रीले बताए ।
कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष डिल्ली आचार्य , अर्जुन आचार्य , अमन नाथ ढकाल , इन्द्र श्रेष्ठ , महेन्द्र श्रेष्ठ , प्रहरी जवान मेसक अधिकारी , लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।