प्रदेश सरकारको प्राथमिकता अस्पतालहरुको सुदृढिकरण

युवराज दुलाल सामाजिक विकास मन्त्री बागमति प्रदेश

भक्तपुर अस्पताल कोभिड–१९ को बीचमा हामीले तयार गरेको आईसियु संगै कोभिड–१९ र त्यसपछि आउने अन्य भाईरल, हेपार्टाटिस लगाएतका रोगहरु जसको लागि पिसीआरको ल्यावको आवश्यकता पर्दछ । अहिले कोभिड–१९ को लागि मात्रै होईन त्यसपछि पनि निरन्त रोगहरुको परिक्षण गर्नको लागि हामीले स्थपना गरेको ल्याबको जुन उद्घाटन भएको छ । आज तयार भएको छ । त्यसको लागि भक्तपुर अस्पताललाई हार्दिक वधाई दिन चाहान्छु । र यसको निरन्तरको शुभकामना दिन चाहान्छु । यसपालीबाट प्रदेश अन्र्तगत रहेका अस्पतालहरुको हामीले बार्षिक रुपमा दिएका जिम्मेवारी पुरा गर्नुभएको छ छैन भनेर आन्तरिक मूल्याङ्कन प्रणालीको सुरुवता गरेका छौं । त्यो पहिलो वर्ष गरेको आन्तरिक मूल्याङ्कन प्रणालीमा बागमति प्रदेश अन्र्तगत रहेका अस्पमतालहरु मध्ये प्रतिश्पर्धामा सबै भन्दा बढी अंक प्राप्मत गरेर भक्तपुर अस्पतालले आफुलाई प्रथम विजेता साबित गरेको छ । त्यसको लागि म यहाँको नेतृत्व लगाएत सबैलाई हार्दिक वधाई दिन चाहान्छु । र आगमी दिनमा पनि यसको निरन्रताको लागि शुभकामना व्यक्त गर्न चाहान्छु । भक्तपुर अस्पताल आज जुन अवस्थामा आईपुगेको छ । यसको लागि प्रदेशसभाका माननीयहरु, जिल्ला समन्वय प्रमुख भक्तपुर मेयर देखि सबै जनप्रतिनिधि साथीहरु तपाई सबैको उच्च चासो छ । यसमा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय सबैको त्यतिकै सहयोग छ । हाम्रो परिसर भित्र रहेका मानव अंग प्रत्यारोपन केन्द्र, क्यान्सर अस्पतालको पनि सहयोग छ । जति सरोकारवालाहरुले यहाँसम्म ल्याउन चासो र हामीलाई झकभक्याउने काम गर्नुभएको छ । प्रदेश सरकारको तर्फबाट उहाँहरु सबैलाई सहकार्य, सहयोग र सक्रियताको लागि हृदय देखिनै आभार र धन्यवाद दिन चाहान्छु । म तपाईहरुलाई एउटा कुरा राख्न चाहान्छु, आज यो अस्पतालमा सुरुको दिनमा म आउँदा जाहाँ अहिले हामीले कार्यक्रम गरिराखेका छौं । अस्पतालको सबै परिसरका कोठाहरुमा पुराना काम नलाग्ने सामनहरु र काम लाग्ने सामानहरु एकै ठाउँमा थुप्रिएर बसेका थिए । मैले काम लाग्ने समान राख्नु र नलाग्ने सामान हटाउनु भनेको थिएँ । यस ठाउँलाई उपयोगमा ल्याउन सकिन्छ भनेको थिएँ । त्यतिबेला तत्काालिन नेतृत्वलाई मैले निर्देशन पनि दिएर पनि गएको थिएँ । भक्तपुर अस्पतालमा आन्तरिक समस्यामा पनि हामी थियौं । कर्मचारी साथीहरु संग रहेर हामीले मिटिङ पनि गरेका थियौं । यसको समाधान गरेर हामी जानु पर्छ र हाम्रो उद्देश्य भनेको हामीले जिम्मा लिएको सार्वजनिक संस्थाको सुदृढिकरण गर्ने र नागरिकहरुलाई सेवा दिने काम हो । त्यसमा लाग्नुपर्छ भनिएको थियो । दुवै कमहरु राम्रो हुन सकेन । हामीले नेतृत्व परिवर्तन गर्न पर्ने अवस्थामा पुग्यौं र ग¥यौं । केही समय नेतृत्व पाईएन । भक्तपुर अस्पतालमा प्रदेश सरकार अन्र्तगत समायोजन भएर दशौं एघारौं तहको स्वास्थ्य चिकित्सक नआएको र मेडिकल सुपरिडेन्ट उहाँहरुलाई नै बनाउन पर्ने वाध्यात्मक अवस्था थियो । त्यतिबेला हामीलाई एउटा क्राईसिस हामीलाई भयो । र मैले मुख्य कुरा प्रदेश सरकारको आन्तरिक सुदृडिकरणको लागि व्यवस्थापन र प्रशासनिक व्यवस्थापनको नेतृत्वको नमिलाईकन र सहि मान्छेहरुको व्यवस्था नगरीकन सम्भव छैन् भनेर एउटा निश्कर्ष निकालेर प्रदेश अन्र्तगत सबै अस्पतालहरुमा नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्नेतिर हामी लाग्यौं । त्यतिबेला सुमित्रा गौतम सिन्धुलीमा हुनुहुन्थ्यो । उहाँले सिन्धुलीमा रहनको लागि धेरै कसरत गर्नु भयो । मसंग मन्त्रालय आएर पनि धेरैनै उहाँले आफ्ना कुराहरु राख्नुभयो । मैले त्यतिबेला पनि उहाँलाई तपाई अब सिन्धुलीमा होईन भक्तपुरमा जानुपर्छ भनेर सुझाएको थिएँ । मैले उहाँलाई चिनेको थिएँ तर उहाँले मलाई अलि चिन्नु भएको थिएन । मलाई कतै निकालेपछि मलाई फालिदिने होकी भन्ने उहाँलाई शंका थियो जस्तो लाग्छ मलाई । मान्छेहरुको जनप्रतिनिधि, नेतृत्वहरुसंग विश्वास अलि कम हुन्छ । काँही आफ्नो पार्टी अथवा विचारको खोज्ने होकी ? कसैले केही कुरा लगाईदिएको छ की भन्ने कुराहरु शंका र उपशंका मनमा थुप्रै हुन्छ । उहाँले त्यतिधेरै विश्वास गर्नुहभएको थिएन । तर पनि मैले जर्वजस्ती जुनसुकै ठाउँवाट धेरै कुराहरु आएपनि मैले वास्ता नगरीकन जसरीपनि हाम्रो मन्त्रालयको टिमले नै उहाँलाई भक्तपुर ल्यायौं । ल्याईसकेपछि उहाँलाई हामी संगै बसेर छलफल ग¥यौं । किनकी फेरी पनि नेतृत्वबाट धोका खाईसकेको मन्त्री थिएँ । आन्तरिक कलहले आजित भईसकेको थिएँ । यहाँ मेयर, माननीय, जिल्ला समन्वय प्रमुख लगाएतले त्यति विषयमा कुरा गर्दा आजित भईसकेपछि मैले सम्झौता हुनुपर्छ भनेर मैले अस्पतालको अध्यक्ष र सुपरिडेन्ट दुवैलाई राखेर तपाईहरु के गर्नुहुन्छ ? तपाईहरु दुवैजना आन्तरिक झगडा गर्नुहुन्छ भने दुवैजनालाई हटाईदिन्छु आजैबाट मैले भनेको हो उहाँहरुलाईृ । यदि तपाईहरु मिलेर काम गर्नुहुन्छ भने मन्त्रालयले सम्पूर्ण सहयोग गर्छ भनेपछि उहाँहरु दुवैजनाले हामी गछौ भनेर प्रतिवद्व गर्नुभयो । मलाई विश्वास थियो उहाँहरुले पक्कै गर्न सक्नुहुन्छ भन्ने लागेको थियो । हामीले ६ महिना अघिनै भक्तपुर अस्पतालमा आईसियु सञ्चालन गर्ने र सबै कुरा बदल्ने योजना थियो तर कोरोनाले हामीलाई तितरबितर बनाईदिएर कामको बारेमा ध्यानदिनुपर्ने स्थिति आयो र ढिलै भएपनि हामी ति सबै चुनौतिका बाबजुत । किनभने त्यतिबेला संरचना पनि थिएन ति थुप्रै कुराहरु हामीले व्योहो¥यौं ।
थुप्रै समस्याहरु छन् ति समस्याहरुसंग जुधेर हामी ढिलै भएपनि यो अवस्थमा आईपुगेका छौं । पूर्ववक्ता मित्रहरुले राखेजस्तै जाहाँ आईपुगेका छौं के के ग¥यौं भनेजस्तो होइन । तर हामी गर्न सक्छौं भन्ने प्रतिवद्वता हो यो । हाम्रो दृष्टिकोण भनेको यतातिर हो । सरकारले सार्वजनिक संस्थाहरुलाई सुदृढ गरेर जाने, अस्पताल प्रदेश सरकारको प्राथमिकतामा छ । हामीले अस्पताल सुदृढिकरण कार्यक्रममै राखेर डिजाईन गरेर सुरु वर्ष देखि कार्यान्वयन गर्न खोजेको हो तर हामी सफल हुन सकेका थिएनौ । पहिलो वर्षको कार्यक्रम होईन । पहिलो वर्ष देखिनै अस्पताल सुदृढिकरण कार्यक्रम भनेर नै राखेर हामीले निरन्तर प्रयात्न गरेका छौं । मैले त्यसको नेतृत्व गरिराखेको छु तर हामीले त्यसको सफलता प्राप्त गर्न सकेका थिएनौं । यो वर्ष हाम्रो ति सबै सफलता प्राप्त हुँदै गईरहेका छन् । र यो वर्ष सफलता प्राप्त गर्ने कुरामा भक्तपुर अस्पताल पहिलो भएको हो । प्रदेश भित्रका सबै अस्पतालहरु यसैगरी विकास भईराखेका छन् । हेटौंडामा आईसियु, डाईलाईसिस सञ्चालन हुँदैछ । अन्य कन्सल्टनेन्ट डक्टरहरु दर्जनौं लगेका छौं । त्याहाँबाट अन्य सेवाहरु सुरुवात भएको छ । त्यसैगरी त्रिशुली अस्पतालमा आईसियु र पिसिआर ल्याव सुरु भएको छ । त्याहाँ पनि दर्जनौं डक्टरहरु रहेर अन्य सेवाहरु सुचारु भएको छ । धादिङ अस्पताल, सिन्धुली अस्पतालमा छुट्टै भवन नै बनाएर कोभिड ल्याब र आईसियु लगाएतका हामीले कार्यक्रम सुरुवात गर्दै छौं । प्रदेश अन्र्तगतका सबै माध्यामिक तह सरह रहेका अस्पतालहरुलाई पहिलो चरणमा प्राथमिकतामा राखेर आईसियु र एचडियु सञ्चालन गर्ने गरी हामीले काम गरेका छौं । यहाँहरुलाई थाहा छ कोभिड–१९ को लागि कुनै नाजायज सम्झौता गरेका छैनौं । प्रदेश सरकारले के ग¥यौं भन्ने कुरा सर्वत्र सुन्छु तर तिनवटै तहको सरकार भएपछि सरकार हुने हो । काँही संघीय सरकारको स्वास्थ्य संस्था छ काँही स्थानीय सरकार त काँही प्रदेश सरकारको छ । धेरै ठाउँमा नेपाल सरकारको छ । खासगरी बागमति प्रदेश अन्र्तगत रहेका स्वास्थ्य संस्थाहरु बढि छ र त्यसमा पनि काठमाडौं जिल्लामा त सबै संघको मात्रै छन् । न प्रदेशको न स्थानीय तहको छ । त्यसकारण जति काम भएको छ संघको तर्फबाट भएको छ त्यहि हुने हो । प्रदेशले के ग¥यो भन्ने प्रश्न आउँछन् । प्रदेशको जाहाँ छ त्याहाँ कुनै कन्जुस्याई गरेको छैन् । प्रदेश सरकारको मुख्य काम कोभिड–१९ मा हामीले भनेका छौं कन्ट्रयाक ट्रेसिङ र अनुुसन्धान वा प्रयोगशाला पक्रिया हो । त्यो काम गर्ने प्रयोगशालाबाट ल्यावमा लैजाने परिक्षण गराउने यसको काम गर्ने, फैलन नदिने लगाएतका कुराहरुमा जुन पक्षको काम थियो । हाम्रा स्वास्थ्य कार्यालयहरु मार्फत स्थानीय तहसंग समन्वय गरेर स्थानीय टिमहरुलाई पनि प्राविधिक सहायता गरेर हामीले काम गरिराखेकेकै छौं । हामीसंग एउटा पनि ल्याब थिएन । हामी त भर्खर स्थापना भएको हामीलाई ल्याब हस्तान्तर नेपाल सरकारले स्थपना गरेको थिएन । हामीलाई मान्छे मात्रै ल्याबको प्रमुख मात्रै दुईचार जना कर्मचारी साथीहरु मात्रै हामीसंग हुनुहुन्थ्यो । अघिल्लो बर्ष हामीसंग न भवन थियो न अन्य व्यवस्था । त्यसपछि हामीले काठमाडौंले भाडामा लिएको प्रयोगशालालाई हामीले धुलिखेल नगरपालिका संग समन्वय गरेर एउटा भवन प्राप्त ग¥यौं त्याहाँ मिलायौं । त्याहाँ सामाग्रीहरु आपुर्ति गरेर स्वास्थ्य प्रयोगशाला सुरुवात ग¥यौं । हेटौंडामा केन्द्रीय कार्यालयले प्रयोग गरेको एउटा ल्याब लिएर हामीले सुरुवात ग¥यौं । अहिले प्रदेशका पाँचवटा अस्पतालहरुमा ल्याब स्थापना भएको छ । अहिले त्याहाँबाट हामीले सेवा सुचारु गरिराखेका छौं । उपत्यका भित्र यो हो हाम्रो र बाहिर प्रदेश भरिका सबै जिल्लाका हामी परिक्षण गर्न सक्छौं दृघकालिन रुपमा पनि सरकारले दिन सक्ने सेवा दिन सक्ने गरी हामीले त्यसको पनि पूर्वाधार तयार गरेका छौं । भक्तपुर ललाएत सबै अस्पतालहरु काठमाडौं भन्दा बाहिर आईसियुबाट सुरु गरिएको छ । यहाँ भन्दा अगाडि न हेटौंडामा थियो न सिन्धुलिमा,न त्रिशुलिमा, न धाङिमा, हुनेवाला नै थियो । निरन्तर अस्पताल सुदृढिकरण अभियान सञ्चालन गरेर अगाडि बढेका छौं । सरकारले प्रयाप्त कार्यक्रम प्रत्येक वर्ष राख्नको लागि प्रयन्त गरेकै थियो तर हाम्रो आन्तकि लगाएत विभिन्न समस्याहरुले गर्न सकिएको थिएन । अहिले जसरी भक्तपुर अस्पतालमा हामीले देखिराखेका छौं । काम एउटा प्रयन्तका साथ अगाडि बढीराखेको छ । ठिक त्यसैगरी सबै अस्पतालहरु पनि अगाडि आएको छ । यहाँको पनि धेरै आन्तरिक समस्याहरु हल गर्ने कोशिस गरिरहेका थियौं । कर्मचारी तर्फका खासगरी विकास समिति केही समस्याहरु बाँकी छन् तिनलाई पनि हामी हल गर्ने छौं । यद्यपि यतिबेला हामी कोभिड–१९ कै फेस गर्न लागेको कारणले हाम्रोमा त्यसलाई प्राथमिकतामा राख्न सकेनौं । यसलाई अहिले हामी एउटा लेबलमा कोभिड–१९ लाई एउटा कन्ट्रोल गर्ने स्थितिमा ल्याईपु¥याका छौं । हामीले अस्पतालहरुको स्तर उन्नती ग¥यो । प्रयोगशालाहरुको विकास ग¥यौं । औषधी पनि विस्तारै विश्बजारमा आउँछ । कोभिड–१९ विरुद्व र रोग लाग्नै नदिने भ्याक्सिन आउँछ भन्ने कुराहरु सकरात्मक सन्देशहरु परिक्षण भईरहेका छन् । त्यस हिसाबले पनि छिटै यो माहामारी विरुद्व विजय प्राप्त गर्ने छौं भन्ने सन्देश विश्व स्तरमा देखिराखेको छ । यसलाई विजय प्राप्त गरिसकेपछि हामी अस्पतालहरुका सबै सेवाहरुलाई सुदृढ गर्दै जाने तरिकाले हामी अगाडी बढिरहेका छौं । यहि कुरा राख्न चाहान्छु । भक्तपुर अस्पतालको सुदृढिकरणको लागि हाम्रा थुप्रै योजनाहरु बाँकी नै छन् । यहाँ रेटेफिटिङगर्ने, नयाँ भवन निर्माण गर्ने, सेवाहरु थप गर्ने विस्तार गर्ने लगाएत कामहरु र अहिले सुरुवात गरेको आईसियु लगाएतलाई निरन्तर दिने कुरा छन् । अहिले हामी करिब जति पनि आईसियु वेड सञ्चालन गरेका छौं । त्यसको लागि ५० वेडमा एचडियु माथि छतमा बनाउने त्यसको पनि तयारी संगसंगै गरेका छौं त्यसको जति पनि हामीलाई पर्दै जान्छ त्यसको विस्तार गर्ने योजना छ । यो तरिकाले जाने गरी काम भईरहेको कुरा पनि यहाँहरुको बीचमा राख्न चाहान्छु । यहाँहरुले केही समसायिक बिषय पनि राख्नु भएको छ । यहाँ क्यान्सर अस्पतालको समस्या थियो । मलाई पनि आम नागरिकलाई जस्तै सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पताल जस्तो लाग्थ्यो । यहाँ आएपछि चर्को शुल्कमा उपचार गर्नुपर्ने वाध्यता जनतामा रहेछ । भरतपुर क्यान्सर अस्पतालमा २० रुपैंयामा हुने उपचार यहाँ एकसय रुपँया लाग्दो रहेछ । त्याहाँ ३० रुपैयामा हुने उपचार यहाँ एकसय रुपैया लाग्दो रहेछ । यहाँ थुप्रै खर्चहरु कर्मचारीका भ्रमण देखि भाडा होलान ति सारा कुराहरु बिरामीको पैसाबाट तिर्नुपर्ने र कर्मचारीको सेवासुविधाको लागि पनि आफ्नो सेवा दिनुपर्ने वाध्यता रहेछ । त्यो कुरा हामीले पहिचान ग¥यौं त्यसपछि हामीले तिनै तहका सरकारहरु मिलेर सरकारीकरण गर्ननै राम्रो हुन्छ भने पछि समितिसंग कुरा ग¥यौं । आन्तरिक रुपमा प्रत्येक हप्ता भक्तपुर क्यान्सर अस्पताल र मेरो बीचमा त्याहाँको नेतृत्व प्रशासन संयुक्त रुपमा सल्लाहा गरेर संघीय सरकार मन्त्रालयसंग निरन्तर संवाद पछि अहिले त्यो अस्पताल सरकारी संरचना, संगठन र व्यवस्थापनमा सञ्चालन हुने निश्चित तहमा पुगेको छ । त्याहाँ अब नयाँ व्यवस्थापन र नयाँ नेतृत्व र निर्णय अनुसारको नयाँ नेतृत्वबाट त्यो अस्पताल सञ्चालन हुन्छ । अब हामी सरकारी दर अहिले भन्दा सस्तो दरमा यहि बर्षभित्र भक्तपुर क्यान्सर अस्पतालबाट नागरिकलाई सेवा दिलाउन सक्ने अवस्थामा हामी पुगेका छौं । त्यसकारण यो भक्तपुर अस्पतालको परिसर विभिन्न अस्पतालहरुको हब जस्तो बनेको छ । विभिन्न प्रकारको रोगको यहाँ उपचार जस्तै मानवप्रत्यारोपन जस्तो महत्वपूर्ण काम पनि यहिबाट सुरुवात भएको छ । क्यान्सर जस्तो जटिल रोग पनि यहिँ बाट हुन्छ । यहि परिसरबाट आईसियु लगाएत सेवाहरु पनि हामीले यहाँबाट हामीले दिन सक्छौं । यसरी हामीले विकास गर्दै जाने र राजधानी उपत्यका भित्र पनि भक्तपुरबाट बिरामी काठमाडौं रिफर गर्ने दिनको हामीले अन्त्य गर्नुपर्ने छ । कर्तव्य तपाई हामी सबैको छ जे काम तपाई हामीले गरिराखेका छौं त्यो हाम्रो दायित्व हो । त्यसमा हामी निरन्तर रुपमा लाग्ने छौं । यो हाम्रो मिशन नै हो । हामीले गरेको काममा बिल्कुल हामीले केही ग¥यौं भन्ने हामीलाई लागेकै छैन् । हामीले गरेको कर्तव्य सुरुवातमा सकारात्मक दिशामा गयौं भन्ने हामीलाई लागेको छ । यो रुटलाई अझ हामी अगाडि लान्छौं । सुदृढिकरण गर्छौ । याहाँहरुले देखिराख्नु भएको छ । यो कार्यमा निरन्तर रुपमा सबै पक्षबाट अहिलेको जस्तै साथ सहयोग अपेक्षा व्यक्त गर्न चाहान्छु । निरन्तर रुपमा लागेर अस्पतालहरुलाई सुदृढिकरण तर्फ लाग्ने सरकारको अभियान हामी पुरा गर्नेछौं ।
(मन्त्री दुलालले अस्पताल उद््घाटनका क्रममा राख्नु भएको विचार रेकर्डमा आधारित हो । )