उपमेयरका प्रत्यासी सहित दर्जनौं नेकपामा प्रवेश

कार्तिक २८, चौतारा (सिन्धुपाल्चोक) । जिल्लामा उपमेयरका प्रत्यासी सहित दर्जनौ अन्य पार्टीबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ का रोशन राज गिरी सहित दर्जनौ कार्यकर्ता हिजो नेकपामा प्रवेश गरेका हुन् । गिरी गत स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर पदमा स्वतन्त्रबाट उम्मेद्वार हुन् । नेकपा सिन्धुपाल्चोकले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटा लगाएत नेताहरुले खादा र अबिर लगाएर प्रवेश गराएका हुन् । पार्टी प्रवेश पछिको संक्षिप्त कार्याक्रमलाई सम्बोधन गर्दै जिल्ला ईन्चार्ज सापकोटाले नेकपामा जनताले सुदृढ एकता भएको देख्न चाहेकोले अन्य पार्टीबाट पार्टी प्रवेशको लहर चलेको बताए । पार्टीभित्र देखिएको गतिरोधको बारे आफ्नो धारणा राख्दै सापकोटाले पार्टीमा जस्तो सुकै संकट आएपनि पार्टी नफुट्ने बरु बलियो एकतामा बाँधिने दावी गरे ।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेकपा फुट्छ भनेर हल्ला पिटाउने विरोधीहरुलाई पार्टी प्रवेश कार्यक्रमले गतिलो जवाफ दिएको धारणा राखे । कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलाल, जिल्ला अध्यक्ष झम्क नेपाल लगाएत प्रदेश तथा जिल्ला तहका नेताहरुले समेत आफ्नो धारणा राखेका थिए । नेकपामा प्रवेश कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्व समेत रहेका गिरीले मुलकमा देखिएको अस्थिरताको राजनीति अन्तयको लागि आफुहरु नेकपामा प्रवेश गरेको बताए । कार्यक्रम नेकपाको जिल्ला पार्टी कार्यालयमा हिजो दिउसो गरिएको हो ।
यि हुन् पार्टी प्रवेश गर्नेहरु
१.रोशनराज गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
२.प्रकाश गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
३.विबेक गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
४.प्रचण्ड गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
५.पर्बत गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
६.प्रह्लाद गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.११
७.भरतलाल श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
८.मित्रलाल श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
९.विमल श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
१०.रामशरण गिरी चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
११.भुपेन्द्र श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
१२.राजकुमर श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
१३.सुमन श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२
१४.रोशन श्रेष्ठ चौतारा साँगाचोकगढी न.पा. वडा नं.१२