११६ वर्षपछि भक्तपुर अस्पतालमा ल्याब सहितको आईसियू सेवा सुचारु

दिनेश दुलाल
कार्तिक २७, भक्तपुर । ११६ वर्षपछि भक्तपुर अस्पतालमा ल्याब सहितको आईसियू सेवा सुरु भएको छ । बीर अस्पताल पछि नेपालकै दोस्रो अस्पताल रहेको भक्तपुर अस्पतालले आजबाट औपचारिक रुपमा ल्याब सहितको आईसियु सेवा पाएको भएको हो । आईसियु, पिसिआर ल्याब सहितको अस्पतालको उद्घाटन बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गरेका हुन् । चन्द्रसमशेरद्वारा दुधपाटीमा वि.स १९६१ मा १५ शैयाको हुनेगरी बनाईएको अस्पताल श्री चन्द्रलोक डिस्पेन्सरी नामबाट स्थापित भएको थियो । वि.स २०२८ मा ५० शैयाको जिल्ला स्तरीय अस्पतालको रुपमा सेवा सुरु गरिएको पुरातात्विक उक्त भवन वि.स २०५८ जेठ १९ मा ईर्मेजेन्सी भवन अमेरेकी सहयोगमा निर्माण सम्पन्न भएको हो । त्यसपछि २०६० असार १७ मा शतबार्षिकी समारोह र २५ शैयाको प्रसुती गृह निर्माण संकल्प पारित गरिएको थियो । २०६० फागुन ६ मा अस्पताल विकास तथा सहयोग समितिलाई अस्पताल विकास समितिमा रुपान्तरण गरिएको थियो । २०६१ भदौ २८ मा २५ शैया थप गरी ७५ शैया परिणत गरिएको थियो । हाल अस्पतालमा बहिरंग विभाग अन्र्तगत मेडिकल, सर्जिकल स्त्री तथा प्रसुती, बालरोग, दन्त रोग, हार्डजोर्नी नसा रोग, रेडियोलोजी, छाला तथा चर्म रोग, नाककान घाँटी सेवा रहेका छन् । त्यस्तै अन्तरंग विभाग अन्र्तगत प्रसुती तथा स्त्री रोग विभाग, सर्जिकल विभाग, अर्थोपेडिक विभाग, शल्यक्रिया विभाग, आईसियु, कोभिड विभाग रहेका छन् । त्यस्तै अस्पतालले आमा सुरक्षा कार्यक्रम, एकद्वारा संकट व्यवस्थापन केन्द्र सामाजिक सुरक्षा ईकाई कार्यक्रम रहेको मेडकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले जानकारी दिईन । हाल ६ बेडको आसियु तथा भ्यान्टिलेटर समेतको व्यवस्था रहेको गौतमले बताईन ।

‘कोभिड–१९ लाई कन्ट्रोल गर्ने स्थितिमा ल्याईपु¥याका छौं’– मन्त्री दुलाल

बागमति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बागमति प्रदेश अन्र्तगतका अस्पतालहरु कोभिड–१९ लाई कन्ट्रोल गर्ने स्थितिमा ल्याईपु¥याएको बताएका छन् । भक्तपुर अस्पतालमा सुरुवात गरिएको आईसियु तथा पिसिआर ल्याब उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले कोभिडको माहामारीकै बीचमा सामाजिक विकास मन्त्रालयको पहलमा प्रदेशभित्र रहेका अस्पतालहरुको सुदृढिकरण सुरुवात गरिएको बताए । ‘अहिले हामी एउटा लेबलमा कोभिड–१९ लाई कन्ट्रोल गर्ने स्थितिमा ल्याईपु¥याका छौं’, मन्त्री दुलालले भने ।
प्रदेशको जाहाँ अस्पताल छ त्याहाँ कुनै कन्जुस्याई नगरेको जिकिर गर्दै मन्त्री दुलालले प्रदेश सरकारको मुख्य काम कोभिड–१९ को लागि कन्ट्रयाक ट्रेसिङ र अनुुसन्धान वा प्रयोगशाला निर्माण गर्ने काम भएको बताए ।

प्रदेश भित्र रहेका अस्पतालहरुको आन्तरिक मूल्याङ्कन प्रणालीको सुरुवता गरिएको बताउँदै मन्त्री दुलालले पहिलो वर्ष गरेको आन्तरिक मूल्याङ्कन प्रणालीमा बागमति प्रदेश अन्र्तगत रहेका अस्पमतालहरु मध्ये प्रतिश्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गरेर भक्तपुर अस्पतालले आफुलाई प्रथम विजेता सावित गरेको बताए । अस्पताल टिमलाई बधाई दिंदै मन्त्री दुलालले विजेता हुनु अस्पतालमा कार्यरत व्यवस्थापन प्रशासन तथा मेडिकल टिमको उचित तालमेलका कारण भएको बताए ।
भक्तपुर अस्पताल कोभिड–१९ को बीचमा तयार गरेको आईसियु संगै कोभिड–१९ र त्यसपछि आउने अन्य भाईरल, हेपार्टाटिस लगाएतका रोगहरुको लागि पिसीआरको ल्यावको आवश्यकता संगै निरन्त रोगहरुको परिक्षण गर्नको लागि ल्याब महत्वपूर्ण हुने बताए । यसअघि आन्तरिक समस्याले उठ्न नसकेको अस्पलाले अब गति लिनेमा आफु विश्वस्त भएको बताए ।
भक्तपुर अस्पताल यो अवस्थामा आईपुग्नु प्रदेशसभाका माननीयहरु, जिल्ला समन्वय प्रमुख भक्तपुर मेयर देखि सबै जनप्रतिनिधिको भूमिका रहेको उनले बताए । उनका अनुसार मन्त्रालयले भक्तपुरलाई प्राथमिकतामा राखेर आईसियु र एचडियु सञ्चालन गर्ने गरी काम गरेको छ । अहिले निश्चित आईसियु वेड सञ्चालन भएको बताउँदै मन्त्री दुलालले त्यसको लागि ५० वेड एचडियु छतमा बनाउने तयारी भएको उनले बताए । सोही क्रममा मन्त्री दुलालले समस्या देखिएको क्यान्सर अस्पतालको समेत सरकारको मातहातमा ल्याउन उनले ठोकुवा गरे । त्यस्तै कार्यक्रमा प्रदेश सांसद डा. राजेन्द्र मान श्रेष्ठले प्रदेश सरकाले जनताको कोभिड उपचार निशुल्क गरिने आश्वासनले बल्ल संघीय सरकारकारको अनुभूति मिलेको सुनाए । बागमति प्रदेश भित्र रहेका ८ वटा मध्ये भक्तपुर अस्पताल उत्कृष्ट हुन सकेकोमा मन्त्री दुलाललाई धन्यवाद दिए । उनले ८ वटा मध्य कुनचाँही कमजोर हो बताईदिन उनले मन्त्री दुलाललाई आग्रह समेत गरे । त्यसैगरी उनले भक्तपुरमै रहेको मध्यपुर अस्पतालको अवस्थाको बारेमा बुझन आग्रह गर्दै सांसद श्रेष्ठले प्रदेश सरकारले सरकारी अस्पतालहरूलाई पुरस्कृत र दण्डित गर्नु पर्ने धारणा राखे । त्यसैगरी भक्तपुर जिल्ला समन्वय प्रमुख नबराज गेलालले राणाको पालामा सुरू भएको अस्पताल गणतन्त्र आएपछि मात्र पूरा हुनु दुःखद्को विषय भएको बताए । ‘केही गर्नको लागि सपना देख्न पर्ने रहेछ, अस्पताल भित्रको समस्याको कारणले गति लिन सकेन’, गेगालले भने । तर मन्त्री दुलालको पहल कदमीले जनताको सपनालाई साहाकार पारेको उनले सुनाए । ‘मन्त्री दुलाल जे बोल्नु हुन्छ त्यहि गर्नु हुन्छ, उहाँको स्प्रिटसंग हामी सबै सहमत भएको कारणले सफलता हाँसिल मिलेको हो’, समन्वय प्रमुख गेलालले भने । असल राष्ट्र सेवक र असल व्यवस्थापक हुँदा थोरै समयमा सफलता मिलेको अनभूति सुनाउँदै गेलालले प्राईभेट अस्पतालको सेवा र सरकारी अस्पतालको सेवा विपद्को अवस्थामा प्रष्टिएको उनले खुलासा गरे ।

त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बागमति प्रदेश सरकारको पहलले भक्तपुर अस्पतालले गति लिएको बताए । ‘भक्तपुर अस्पतालले जनताको मन जित्न सकेको थिएन, अहिले मन्त्री ज्युको सक्रियताले सार्थकता पाएको छ’, मेयर गेलालले भने । भक्तपुर अस्पताल कमजोर हुनुमा समन्वयात्मक भूमिका नहुनु तथा काममा एकरूपता नहुनु जिम्मेवार रहेको उनले बताए । पछिल्लो समय भने सबै कर्मचारी व्यवस्थापन समिति तथा सबैको पहलले उपलब्धि मुलक भएको उनले सुनाए । ‘सरकारी अस्पतालको दिन आउन कोरोना माहामारी आउनु पर्ने रहेछ’, मेयर प्रचापतिले व्यङ्ग गर्दै भने । कोभिड–१९ का संक्रमितहरुको उपचार नीजी अस्पतालहरूले नगरी सरकारी अस्पतालहरूले गर्नु परेको उनले यथार्थ सुनाए । कार्यक्रमका सभापति तथा अस्पताल व्यवस्थापनका अध्यक्ष मलिन सुवालले ११६ बर्ष पछि आईसियु सहितको ल्याब पाउनु भक्तपुर बासीको लागि सुखद्को विषय बताउँदै उनले मन्त्री दुलाललाई आभार प्रकट गरे ।
कार्यक्रम अस्पताल प्रशासन प्रमुख राजेन्द्र नेपालले सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रम सकिएपछि मन्त्री दुलालले नवनिर्मित भवनमा तयार भएको ल्याब, भेन्टिलेटर सहितको आईसियू लगाएतको निरिक्षण गरेका थिए ।