लायन्स क्लब अफ काठमाडौद्वारा गरिबलाई निरन्तर सेवा

कार्तिक २१, कोठमाडौं । लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी , मानबी क्रीएटिभ एसोसिएसन, सेफ्स एसोसियसन अफ नेपालको सयुक्त आयोजनामा सर्वसाधारण लाई दैनिक निशुल्क भोजन कार्यक्रम गर्दै आएको छ । किचेन विभागमा ल्यान्डमार्क होटेलका एक्जुकेटिभ सेफ तथा सेफ्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष शिबहरी घिमिरेको संयोजकत्वमा बरिस्ट सेफ दधिराम दाहाल, श्रीबहादुर थापा मगर र श्याम सुन्दर श्रेष्ठको विशेष योगदानमा खान नपाउने गरिब जनतालाई खाना खुवाईएको हो । उक्त टिमले रत्नपार्कमा मात्र नभइ सिन्धुपाल्चोक र दोलखाको विभिन्न ठाउँमा बाढी पहोरोबाट प्रभावितहरुको घाउमा मलमपट्टी समेत लगाउने काम गरेको डाइनामिक लेडि न्यू ग्रिन सिटिकी चार्टर सेक्रेटेरी संगिता शर्माले बताईन । उनकै विशेष योगदान रहेको उक्त अभियान रत्नपार्कमा दिन दुःखिको लागि लत्ताकपडा वितरण कार्यको लागि क्लबका मार्केटिङ कम्युनिकेसन अफिसर कमल दाहालको नेतृत्वमा सम्पन्न भएको हो ।

त्यस्तै धादिङ जिल्लामा वृद्ववृद्वाको लागि टर्चलाइट, वाकिङ लौरो र छाता लगाएत सामाग्री वितरण कार्यको लागि मानवि क्रियटिभ एसोसिएसनका अध्यक्ष तथा न्यु ग्रिन सिटि लायन्स क्लबका सह–सचिव बद्रिप्रसाद ढुङ्गानाको नेतृत्वमा भएको हो । त्यस्तै यता विभिन्न बाल तथा वृद्ध आश्रममा राशन तथा हरियो तरकारी समेत सहयोग उपलब्ध गराउदै आएको संगिताले बताईन । गरिब दिनदुखी तथा असहायहरुलाई कोरोनाको कारण पर्न गएको असरलाइ कम गर्न ७७ वटै जिल्लामा फुडबैंक समेत सन्चालनमा ल्याउने काम भइरहेको उनले बताईन । सोही कार्यक्रम अन्तर्गत रत्नपार्कको खुल्ला मन्चमा निशुल्क खाना खुवाउने कार्यक्रम निरन्तर रहेको कार्यक्रम संयोजक लायन्स क्लब ग्रिन सिटिका अध्यक्ष तथा रिजन चियरपर्सन इन्द्र बहादुर कार्कीले जानकारी गराए ।