दुई पार्टीको एकता, कोदे र तोरीवालाहरुको सम्बन्ध

दिनेश दुलाल

झट्ट हेर्दा कोदो र तारीको प्रकृति उस्तै–उस्तै देखिन्छ । अझ राम्रोसंग कोदोलाई फल्ने हो भने छुट्यान मुश्किल पर्छ । तर कोदो र तोरीको उत्पादन, भित्री गुण र उपयोगिता भने आकाश जमिनको फरक छ । यि दुवैको आ–आफ्ना विशेषता र गुणहरु रहेका हुन्छन् । कोदो मानव जीवनका लागि ठोस आहाराको रुपमा लिईन्छ भने तोरी चिल्लो तरल पदार्थ उपयोगिताको निम्ति । यसकारण यि दुवैलाई एकअर्काको अभावमा पुर्ताल गर्न सकिन्न । यसको अर्थ न कोदोको अभावमा तोरीलाई प्रयोग गर्न सकिन्न न तोरीको अभावमा कोदोलाई । कोदो मानव जीवनमा बाँच्नको लागि नभई नहुने अत्यावश्यक ठोस आहारा हो भने तोरी अतिरिक्त खाद्य बस्तु वा दोस्रो आवश्यकताको बस्तु हो । पहिलो भन्दा यसलाई अझ बिलासिताको खाद्यबस्तुको रुपमा लिईन्छ । यिनलाई एकै ठाउँमा मिसाएर प्रयोगमा ल्याउने हो भने सम्भव नै छैन् । यानकी तोरीलाई कोदोमा वा कोदोलाई तोरीमा मिसाएपछि न कोदोको अस्तित्व रहन्छ र तोरीको । दवै एकआपसमा मिसाएपछि आवश्यकताको बस्तुको रुपमा प्रयोग गर्न असम्भव नै छैन । गुणात्मक भन्दा मात्रातमक खोज्ने नाममा एकआपसमा मिसाउँदा दवैको अस्तित्व नामेट हुन्छ । बरु यिनका छुट्टा छुट्टै विशेषतालाई कोदो र तोरीमा अलग अलग रुपान्तरण गर्ने र प्रयोगमा ल्याउने हो भने दुवै उपयोगिता र खाद्य बस्तुको रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।
आज माओवादी र एमाले एकता यस्तै भएको छ । झण्डै तीन वर्ष अगाडी एकता घोषणा गरेका यि दुईपार्टीमा गुण, स्वभाव र उपयोगिता फरक पर्दा कोदो र तारीको जस्तै सम्बन्ध देखिएको छ । हतारमा एकता घोषणा गरेका यि पार्टीहरुले अहिले नीति, शिद्वान्त र विचारमा फरक भएको भान देखाईरहेका छन् । र आफ्नो अस्तित्व रक्षा गर्न भन्दै दौडधुप गरिरहेका छन् । स्वभाविक हो की पूर्व एमाले र पूर्व माओवादी फरक विचार र दृष्टिकोण बोकेका पार्टीहरु हुन् । कम्युनिष्ट शिद्वान्त एउटै भनिएपनि विचार र दृष्टिकोण नै अलग–अलग छ । यसकारण आ–आफ्नो अस्तित्वको लागि दुवै लाग्नु स्वभाविक छ । भावना र लहडको आधारमा गरिएको एकता कोदो र तोरीलाई एउटैमा मिसाएर उपयोग गर्न खोजिए जस्तै देखिएको छ । सत्तामा देखिएको कार्यशैलीलाई लिएर देखिएको विवाद अब बिस्तारै शिद्वान्त र विचारसंग ठोक्किन थालेको छ । एकातिर एकाईसौं शताब्दीको जनवाद र अर्कोतिर जनताको बहुदलिय जनवादको फरक–फरक रणनैतिक लक्ष्य छ । त्यस्तै एकातिर मालेमावाद सहितको विचारधारा छ भने अर्कोतिर माले मात्रै विचारधारा छ । यि फरक विचार र दृष्ट्रिकोण स्भावत सजिलै घुलन हुन गाह्रो छ । माहाधिवेशन सम्म थाँती राखेका दुवैका विचार र दृष्ट्रिकोणलाई माहाधिवेशन सम्म पुगेर हल गरिन्छ भन्नु कोदो र तोरीलाई एकैठाउँमा मिसाएर मिलमा पुगेपछि सके तोरीमा नसके पिठोमा रुपान्तरण गरौंला भने जस्तै हो । जुन सम्भव नै छैन् । भित्री गुदी वा विचार फरक त छदैछन् । वाहिरी आवरण रुप र व्यवहार नै मिल्दैन । त्यसैले त एकअर्काको बीचमा पटाक्षेप गरिरहेका छन् । पूर्व माओवादीले एमालेलाई तोरीवाला र पूर्व एमालेले माओवादीलाई कोदेवालाको रुपमा व्यवहार गरिरहेका छन् । माओवादीलाई कोदो खाएर ठुटामा आची गर्दै बुटाले पुस्नेको रुपमा बुझेका छन् पूर्व एमालेले । त्यस्तै पूर्व माओवादीले तोरी खाएर तोरिनै दलेर चिपिचल्ल हुँदै सत्ताको अर्नामा टाँसिएको किर्नुका रुपमा बुझेका छन् पूर्व एमालेलाई । यतिबेला सुकिलामुकिला तोरीवाला र झुत्रेझाम्रे जति कोदेवाला भएका छन् । यद्यपि एकता प्रक्रियाका बेला आफुलाई तोरी जस्तै लेपन गरेर पूर्व माओवादी भित्रै तोरीवाला बन्न खोज्नेहरु पनि छन् तर वास्तवमै ति कोदेवाला हुन् । यो रुप र गुणको असामान्य स्थितिले तलका कार्यकर्ता भने दोहोरो मारमा परेका छन् । उनीहरु माझ कोदो र तोरी एउटै हो भनेर भान पारिएपनि विस्तारै रुप र गुण फरक पर्न थालेपछि केलाएर छुट्याउन खोज्दै छन् अब ।
यसरी जनता र कार्यकर्ताले प्रश्न गर्न थालेका छन् की दुवै पार्टीमा रुप र गुण नै नमिले पछि एकता हुनको के अर्थ ? । के त्यसोभए एकता प्रक्रिया नै भाँडिन्छ त ? विकल्प के हुनसक्छ ? यि यक्ष प्रश्नहरु पनि छन् । एकता प्रक्रिया भाँडेपनि भाँडियोस भन्ने पक्षमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली देखिन्छन् । दुईपार्टीको एकतालाई दाउमा राखेर भएपनि सत्तामा जसरी पनि टिकिराख्ने बालहट देखाएका ओलीलाई पार्टी फुटेपनि कांग्रेसंग मिलेर सत्ता चलाउँछु भन्ने दम्भ छ । त्यसै उनले नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेका होईनन् । उनी जसरी पनि पार्टी फुटाउने दाउमा छन् । पार्टी फुटाएको अपजस अर्का अध्यक्ष प्रचण्डलाई लगाउन चाहान्छन् ।
तोरी र कोदोको रुप र गुण नमिल्दा नमिल्दै मिसाएजस्तै दुईपार्टीको विचार र शिद्वान्त फरक–फरक हुँदाहुँदै एकता घोषणा भयो । एकताका बाँकी प्रक्रिया पुरा नहुँदै संकटमा परेको छ । यद्यपि पार्टी विचार र शिद्वान्त फरक परेपनि विचार बहस र छलफलले निकाश निकाल्न सक्ने सम्भावना पनि प्रयाप्त छ । यसको लागि दुवै पार्टीका नेताहरु तयार हुन जरुरी छ । मिसिएको कोदो र तोरीलाई अलग–अलग केलाएर दुवैको रुपान्तरण गरेर चिल्ला रोटीमा परिणत गरेझै । दुवै पार्टीको विचार र शिद्वान्तको रक्षा गर्दै एकअर्काको अस्थित्व स्विकार गर्न तयार भए समाधानको विन्दु टाढा छैन् । यदि शिर्ष नेतृत्वले चाहने हो भने मजबुत सहितको नयाँ नेपाल कम्युनिष्ट पार्टी बन्न सम्भव छ । बिग्रियो भने ओली प्रचण्ड मात्रै होईन मुलुक नै बर्बादीतिर जाने छ । पार्टी नेतृत्वलाई चेतना भया ।