क्यान्सर पीडित गुणकेशरीको उपचारको लागि रकम जुट्दै, शिक्षकहरुद्वारा सहयोग अभियान
शिक्षकहरूद्वारा एकलाख ७५ हजार संकलन
कार्तिक २०, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–५ की गुणकेशरी श्रेष्ठको उपचारको लागि जिल्लाका विभिन्न संघसंस्थाहरुले सहयोग प्रदान गरेका छन् । क्यान्सर पीडित श्रेष्ठ कालीदेवी आधारभूत विद्यालय ठूलोसिरुवारी की प्रध्यानध्यापक हुन् । उनी ६ महिनादेखि उपचारर्थ छिन् । क्यान्सर पीडित श्रेष्ठको थप उपचारको लागि प्रेससंगठन नेपाल सिन्धुपाल्चोकले ३७ हजार ५ सय प्रदान गरेसंगै जिल्लाका अन्य संघ संस्थाहरुबाट समेत आर्थिक सहयोग जुट्न थालेको छ । उक्त अभियानको नेतृत्व भने एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकले गरेको छ । सोही संगठनको समेत सक्रिय सदस्य रहेकी श्रेष्ठको उपचारको लागि संगठनको पहलमा लाखौं रकम संकलन भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुपाल्चोकका वरिष्ट उपाध्यक्ष राजकुमार यादवले सिन्धुज्वालालाई जानकारी दिए । ‘हाम्रै संगठनको पहलमा आर्थिक सहयोग जुटिरेको छ’, वरिष्ट उपाध्यक्ष यादवले भने । उनका अनुसार आर्थिक सहयोग अभियानको नेतृत्व एकिकृत अखिल नेपाल शिक्षक संगठन चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष ताराबहादुर श्रेष्ठले गरेका छन् । नगरपालिकाभित्र रहेका विद्यालय तथा त्याहाँ कार्यरत शिक्षकहरुले सहयोग गरेको आर्थिक सहयोग एकलाख भन्दा माथि रहेपनि एकिन विवरण आउन बाँकी रहेको उपाध्यक्ष यादवले बताए । संकलित १ लाख ७५ हजार क्यान्सर पीडित गुणकेशरीलाई उनकै निवासमा पुगेर हस्तान्तरण गरिएकाे संगठनका वरिष्ठ उपाध्यक्ष यादवले जानकारी दिए ।
यि हुन् सहयोग गर्ने विद्यालय र शिक्षकहरु