त्रिपुरासुन्दरी गाउँपालिकामा ल्याबसेवा सञ्चालन

कार्तिक १९, पिस्कर (सिन्धुपाल्चोक) । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो गाउँपालिकामा ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।
स्वास्थ सेवाको प्रयोशाला आज पिस्करमा गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले गरेका हुन् ।
जनताको स्वस्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रयोगशाला स्थपना गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘त्रिपुरासुन्दरी गाउँपालिकाले जनताको स्वास्थ्य सम्बन्धी नया कार्यको थालनी गरेको छ’, गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ।

प्रयोगशालाबाट विभिन्न किसिमका रोगहरुको निःशुल्क जनतालाई जाँच गराइने उनले जानकारी दिए । उनका अनुसार उक्त प्रयोगशालाबाट मधुमेह, युरिकएसिड, रगत जाँच, रक्त समुह जाँच, हेपाटाइटिस, एच.आई.भी, औलो, भिरिङ्गि मृर्गाैला रोग, कालाजार, पिसाप जाँच, दिशा जाँच र टाइफाइट जाँच हुनेछ । सबै किसिमका जाँच गर्न सो भेगका जनताले कित धुलीखेल कित चौतारा पुग्नुपर्ने वाध्यतालाई गाउँमै भरपर्दो सुविधा दिईएको श्रेष्ठको दावी छ । उक्त सेवा लिन त्रिपुरासुन्दरी बाहेक लिसंखुपाखरका केही क्षेत्रहरुलाई समेत सुविधा पुग्ने उनको ठम्याई छ ।

आफ्नै पालिकामा ल्याब सञ्चालनमा ल्याएर स्थानीय जनतालाई लाभ पु¥याउने त्रिपुरासुन्दरी गाउँपालिका सम्भव त जिल्लाकै पहिलो पालिका देखिएको छ ।