कोरोनामुक्त भएसंगै लयमा फर्किए लिसंखुपाखरका कर्मचारी

२९, लिसंखु (सिन्धुपाल्चोक) । जिल्लाको लिसंखु पाखर गाउँपालिकाका चारजना कर्मचारी सहित ७ जनामा देखिएको कोरोना पुनः परिक्षणमा नेगटिभ आएपछि उनीहरु नियमित काममा फर्किएका छन् । ७ जनाको २६ गते पिसिआर रिपोर्ट नेगेटिभ आएपछि संक्रमणबाट मुक्त भएका छन् । उनीहरु सातै जनाको गत असोज १७ गते गरिएको परिक्षणमा कोरोना पोजेटिब देखिएको थियो ।संक्रमणबाट मुक्त भएसंगै सबै आ–आफ्नो काममा फर्किएको गाउँपालिकाक अध्यक्ष कमल नेपालले बताए ।
यस्तै संक्रमणमा रहेका पालिकाका कर्मचारी सहित २९ जनाको समेत हिजो स्वाब संकलन गरि पठाईएको उनले जानकारी दिए । ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि केन्ट्रयाकट्रेसिङमा रहेका २९ जनाको समेत नेगेटिभ आउन सक्ने अध्यक्ष नेपालको ठम्याई छ ।
संक्रमण पुष्टी भए लगत्तै सातै जनालाई चौतारा आईसोलेसनमा राखिएको थियो । गाउँपालिकाका कर्मचारीलाई संक्रमण देखिएपनि कार्यलयको काम कारबाही भने रोकेको थिएन ।
यसभन्दा अघि एकजना संक्रमित महिला संक्रमणमुक्त भईसकेकी छिन् । योसंगै कोरोनामुक्त भएको संख्या भने ८ पुगेको छ । सक्रिय संक्रमित २ जना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भरिमा १० जनालाई संक्रमण पुष्टी भएको थियो ।