स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड बिपरतित गर्नेलाई प्रहरीद्वारा कारवाही
असोज २६, चौतारा (सिन्धुपाल्चोक) । जिल्ला प्रहरी कार्याअलय सिन्धुपाल्चोकले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड बिपरतित गर्नेलाई कारबाही गरेको छ ।
कोरोना भाईरस संक्रमण तिब्र गतिमा फैलिरहेको बेला स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड विपरितका कार्य गर्ने सवारी साधन र सवारी साधनमा सवार यात्रु तथा हिडडुल गर्ने मानिसहरुलाई कारवाही गरी सचेतना दिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कारबाहीमा ठूला तथा साना सवारी साधनलाई कारवाही गरीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार तोकोएको भन्दा बढी यात्रु राख्ने ठुला सवारीबाट एकहजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै ठुला सवारी ७१ र साना सवारी ८३ सवारी साधनका चालकलाई सम्झाई बुझाई छाडिएको उनले बताए ।
यसैगरी प्रहरीले ट्राफिक नियम उल्लघन गर्ने ७० सवारी साधनलाई कारबाही गरी ७० हजार ५ सय राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी माक्स नलगाई तथा सामाजिक दुरी कायम नराखी हिडडुल गर्ने तथा सवारी साधनमा यात्रा गर्ने महिला २ सय ३१ र पुरुष ३ सय २१ जनालाई सचेतना सहित सम्झाई बुझाई गरिएको प्रनाउ सापकोटाले बताए ।
प्रहरीका अनुसार मापदण्ड विपरित सञ्चालन गर्ने २ सवारी साधन कारवाही, ट्राफिक नियम उल्लघन गर्ने ७० र १ सय ५४ सवारी साधन सम्झाई बुझाई गरिएको छ । त्यस्तै हालसम्म ५ सय ५९ मानिसलाई सम्झाई बुझाई गरिएको प्रहरीले जनाएको छ । जम्मा राजश्व ७२ हजार उठेको प्रहरीले जनाएको छ ।