लुटपिट मुद्दाका फरार प्रतिवादी १५ बर्ष पछी पक्राउ

असोज २६, चौतारा (सिन्धुपाल्चोक) जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १५ वर्ष पछि लुटपिटमा फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले लुटपिट मुद्दाका प्रतिवादी जिल्लाको साविक पाङग्रेटार गाविस–२ हाल सुनकोशी गाउँपालिका–७ का जगतमान श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार फरार रहेका प्रतिवादी श्रेष्ठलाई सिन्धुपाल्चोक जिल्ला अदालतको २०६२ जेठ ८ को फैसलाले ५ हजार ७ सय ७१ रुपैंया ५० पैसा जरिवाना तोकेको थियो । उनलाई प्रहरीले सोमबार सदरमुकाम चौतारा बजारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ भने सोही दिन जिल्ला जिल्ला अदालतमा जरीवाना तिरेपछि छुटेका थिए ।