सिन्धुपाल्चोकमा थप १३ जनालाई कोरोना पुष्टि

असोज २६, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा आज थप १२ जनालाई कोरोना पुष्टि भएको छ । धुलिखेलमा गरिएको स्वाब परिक्षणमा सिन्धुपाल्चोका १२ जनालाई कोरोना पुष्टि भएको बरिष्ट स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले सिन्धुज्वालालाई बताए । उनका अनुसार उक्त रिपोर्ट आज बिहान आएको हो । जुगल गाउँपालिकाको थप एकजनाको भने आधिकारिक जानकारी नआएको उनले बताए । जुगलको समेत गरी १३ जना संक्रमितलाई होम आईसोलन वा जिल्लाले तोकेको आईसोलेसनमा काहाँ कसरी राख्ने भन्ने सन्दर्भमा छलफल भईरहेको स्वास्थ्य अधिकृत चापागाईले बताए ।

उनका अनुसार जिल्लामा हालसम्म आजको बाहेक हिजो सम्म ३५ जना आईसोलेसनमा रहेका छन् भने कोरोन्टाईनमा १६ जना रहेको उनले बताए । त्यसैगरी हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ रहेकोमा जुगलको एकजना थपिन गणना हुन बाँकी रहेको उनले बताए । हाल सम्म १ सय २६ जना कोरोना मुक्त भएको समेत उनले जानकारी दिए । जिल्ला भन्दा बाहिर सिन्धुपाल्चोकको ठेगना राखेका व्यक्तिहरुको भने गणना नभएको उनले बताए । बाहिर भएको डाटा जिल्ला स्वास्थ्य कार्यालयमा आईनपुगेको उनले बताए । सिन्धुपाल्चोकमा हालसम्म मृतको संख्या जम्मा ७ जना रहेको छन् ।