मण्डनदेउपुरमा कांग्रेसका दर्जनौं कार्यकर्ता नेकपामा प्रवेश

असोज २६, मण्डनदेउपुर (काभ्रे) जिल्लाको मण्डनदेउपुरका दर्जनौ कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मण्डनदेउपुर नगरपार्टी स्तरीय कार्यक्रममा कांग्रेसका एकदर्जन भन्दा बढी कार्यकर्ता नेकपा पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्लाका इन्चार्ज गोकुल बास्कोटाले अबिर र खादा लगाएर नेकपामा प्रवेश गराएका थिए ।
नेकपाका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज बास्कोटाले नेपाली काङ्ग्रेस परित्याग गरि आएका कार्यकर्ताहरुलाई स्वागत गर्दै भिन्न पार्टीबाट आएको भनेर बेवास्ता नगरिने बताए ।

पार्टीभित्र सहकार्य गरि अघि बढ्नु पर्ने र विकासलाई निरन्तरता दिनुपर्ने उनले जोड दिए ।
नेपाली काङ्ग्रेस परित्याग गरि वडा नम्बर ५ का काङ्ग्रेसका उपसभापति सुदर्शन ढकाल सहित वडा नम्बर ६ र १२ मा गरी ११ जनाले नेकपामा प्रवेश गरेको मण्डनदेउपुका नेकपाका नेता अमन नाथ ढकालले सिन्धुज्वालालाई बताए ।

नेकपाले गरेको उल्लेखनीय कामको प्रशंसा गर्दै काङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेशमा लर्को लागि रहेको उनले बताए ।
काङ्ग्रेस परित्याग गर्नुको मुख्य कारण काङ्ग्रेसले गर्न नसकेको तथा उल्लेखनीय विकासका कामहरु नेकपाले गरेको हुनाले नै पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको नेकपामा प्रवेश गरेका सुदर्शन ढकालले बताए ।
‘नेकपाको सिद्धान्त राम्रो छ, नेकपाको नारा समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई पूरा गर्न हामीहरुले सहयोग गर्नु पर्छ भनेर नेकपामा प्रवेश गरेका हौं’, ढकालले भने ।
पार्टी प्रवेश कार्यक्रममा गोकुल बास्कोटा, मण्डनदेउपुरका नेकपाका नेता बिदुर सापकोटा, मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल, नेकपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।