मण्डन उपत्यका सामाजिक उत्थान समाजको बार्षिक खर्च विवरण सार्वजनिक
रबिन दनुवार
असोज २२, मण्डनदेउपुर (काभ्रे)। जिल्लाको मण्डन उपत्यका सामाजिक उत्थान समाजले बार्षिक खर्च विवरण सार्वजनिक गरेको छ ।
मण्डन उपत्यका सामाजिक उत्थान समाजले कोभिड १९ लाई मध्ये नजर गरि अनौपचारिक बार्षिक साधारणशभा कार्यक्रम गरि खर्च विवरण सार्वजनिक गरेको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा मेलम्ची खानेपानी बिकास समितिबाट मण्डन उपत्यका सामाजिक उत्थान समाजलाई १ करोड ५० लाख बजेट प्राप्त भएको मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेलले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार बिश्वभर फैलिएको कोरोना भाइरसको संक्रमले गर्दा निर्माण सामग्री र दक्ष कामदारहरुको केही समयको अभावले गर्दा बिकासका काममा तिव्रता दिन नसकेको हो । त्यस्तै एक करोड पचास लाख बजेटमा ३ लाख ४८ हजार ८ सय ७३ रुपैयाँ रकम फिर्ता भएकोले जम्मा १ करोड ४६ लाख ५१ हजार १ सय २३ रुपैयाँ मात्र विकासको काममा खर्च भएको हो ।
अध्यक्ष डोटेलले विकासका कामहरु अन्र्तगत शिक्षा, स्वास्थ, भौतिक, पूर्वाधार लगायत आय आर्जन कार्यक्रमलाई अझ बढि महत्वका साथ अगाडी बढाउने प्रतिबद्धता समेत जनाए ।
मेलम्ची खानेपानी बिकास समितिबाट प्राप्त बजेट पँुजीगत खर्च तर्फ शिक्षामा १८ लाख ३७ हजार ८ रुपैया, स्वास्थ्यमा २० ३५ हजार १ सय ९८ र आयआर्जनमा १८ लाख ८२ हजार ६ सय ४९ रहेको छ । त्यस्तै भौतिक पूर्वाधार विकासमा ७८ लाख ४६ हजार ३ सय २३ गरी जम्मा १ करोड ३६ लाख १ हजार १ सय ७८ समितिले जनाएको छ । त्यस्तै प्रशासनिक खर्च तर्फ १० लाख ४९ हजार ९ सय ४९ गरी जम्मा खर्च १ करोड ४६ लाख ५१ हजार १ सय २३ रहेको मण्डन उपत्यका सामाजिक उत्थान समाजका कोषाध्यक्ष विष्णु हरी पौडेलले बताए । कोरोना प्रभावको कारण समाजले यसवर्ष भने जतिको काम गर्न नसकिएको उनले बताए ।