
नगरप्रमुख वाइबाद्वारा स्वास्थ्य कार्यलय भवन शिलान्यास

रबिन दनुवार
असोज २१, मण्डनदेउपुर (काभ्रे ) जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ डुम्रिडाडामा स्वास्थ चौकी भवनको शिलान्यास भएको छ।
मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाको प्रमुख अतिथ्यतामा भवन शिलान्यास भएको हो।
डिम्रिडाँडामा बन्दै गरेको स्वास्थ चौकी भवन दुई चरणमा सम्पन्न गर्ने उद्देश्य रहेको वडा नम्बर ६ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता डिल्ली आचार्यले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार भवन निर्माणको पहिलो चरणको कामका लागि नगरपालिकाले १६ लाख बजेट बिनियोजन गरेको छ। दोस्रो चरणको काम पहिलो चरणको काम सम्पन्न भए लगत्तै गरिने छ ।