हिजोबाट नयाँ डिलक्स काठमाडौं–चौतारा सञ्चालन

असोज १६, चौतारा (सिन्धुपाल्चोक) । पूर्व अरनिको यातायात प्रा.लि. ले हिजोबाट सुविधा सम्पन्न नयाँ डिलक्स सञ्चालनमा ल्याएको छ ।
बिगत लामो समय देखि यातायात क्षेत्रमा नाम कमाउँदै आएको संस्था पूर्व अरनिको यातायात प्रा.ली.ले दशैंको पूर्वसन्ध्यामा यात्रुहरुको चापलाई मध्यनजर गर्दै काठमानडो बाट चौतारा सम्मको लागि अरनिको सुपर (डिलक्स) बस सन्चालनमा ल्याएको हो ।

हिजो बिहान नारायणटार तथा बसपार्कबाट नयाँ डिलक्सको शुभराम्भ पूर्व अरनिको प्रा.लि.का अध्यक्ष चित्रबहादुर कुँवरले गरेका हुन् । नयाँ डिलक्स सञ्चालनले यात्रुहरुलाई सहज र सरल ढंगबाट ओसारपसार गर्न सकिने अध्यक्ष कुँवरले बताए । यातायात क्षेत्रको प्रतिष्पर्धाको जमानामा अरनिको यातायात प्रा.लि.को यातायात सेवा सुविधा अन्य यातायातको भन्दा एडभान्स भएको अध्यक्ष कुँवरको दावी छ । सोही संस्थामा आवद्व पाँचभाई व्यावसायीहरु मिलेर नयाँ बस सञ्चालन ल्याईएको हो ।

बिगतको भन्दा यात्रुहरुलाई थप सुविधा सहितको बस सञ्चालन गरिएको यातायात व्यवसायी सागर श्रेष्ठले बताए । कोभिड–१९ को माहामारी फैलिएको बेलामा स्वास्थ्य मापदण्डलाई समेत ख्यालमा राखी सुविधा सम्पन्न बस सञ्चालन गरिएको उनको भनाई छ । ‘हामीले यात्रुहरुको विशेष सुविधाको लागि नयाँ डिलक्स सञ्चालनमा ल्याउने भएका हौंैं’, व्यवसायी सागरले भने । चौतारा साँगाचोकगढी नगरपालिकालाई मुख्य फोकस गरेर सुरुवात गरिएको सागरले बताए । उनका अनुसार पाँचजना यातायात व्यवसायी सागर श्रेष्ठ, सचिन श्रेष्ठ, दिक्पाल लामा, सिताराम तामाङ र राम सुरेल मिलेर नयाँ डिलक्स सञ्चालनमा ल्याईएको हो । पूर्व अरनिको यातायात प्रा.लि लोकन्थलीले अनुमति दिएसंगै हिजोबाट सञ्चालनमा ल्याईएको नयाँ डिलक्स यात्रु लिएर सदरमुकाम चौतारा पुगेको थियो । सिन्धुपाल्चोक चौताराका जनतालाई ब्रान्डेड सुपर डिलक्स सञ्चालनमा ल्याईएको झण्डै २० वर्ष देखि यातायात व्यवसायमा लागेका सचिन श्रेष्ठले सिन्धुज्वालालाई बताए । नयाँ डिलक्स सफा र राम्रो देखिएपछि यात्रुहरुले समेत मन पराएको उनले बताए ।

यात्रुहरुलाई कोभिड–१९ को संक्रमण नहोस भनेर माक्स सेनिटाईजर र एक्प्रेको व्यवस्था समेत मिलाईएको उनले बताए । ३० जना क्षमता रहेको नयाँ डिलक्समा १५ जना मात्रै यात्रु राखिने उनले बताए । दक्ष चालकद्वारा निरन्तर सेवा प्रदान गरिने नयाँ डिलक्समा प्रत्येक सिटमा मोवाईल चार्ज गर्न मिल्ने, गर्मिमा पंखा तथा जाडोमा न्यानोको व्यवस्था तथा खानेपानीको सुविधा सहित आरमदायी यात्रा गराईने उनको भनाई छ । यात्रुहरुलाई आफ्नै परिवार सदस्य झैं आरमदायी तरिकाले यात्रा गराईएको यातायात क्षेत्रमै लामो अनुभव बटुलेका व्यवसायी उत्तरकुमार श्रेष्ठले सिन्धुज्वालालाई बताए । २०४८ साल देखि व्यवसायमा लागेका श्रेष्ठ कार्य समितिका सदस्य समेत रहेका थिए । डिलक्समा सवार यात्रुहरुले समेत यात्रा आरमदायी रहेका बताएका छन् ।
सुपर एक्प्रेस नारायणटारबाट बिहान ५ः५० बजे, पुरानो बसपार्कबाट ः बिहान ७ः०० बजे, पुरानो बसपार्कबाट ः दिउसो ४ः०० बजे छुट्ने छ । त्यस्तै चौताराबाट बिहान ७ः०० बजे, १ः४५ बजे र ४ः०० बजे छुट्ने सागरले बताए ।