प्रतिबन्धित क्षेत्रको नदिजन्य सामग्री उत्खनन

असोज १५, सिपाघाट (काभ्रे) । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाटमा पक्की पुल वरपर प्रतिबन्धित क्षेत्रमा व्यापक रुपमा नदिजन्य सामग्री दोहन भइरहेको छ ।
देउपुर प्रहरी चौकीको मौनताका कारण प्रतिबन्धित क्षेत्रमा नदिजन्य सामग्री व्यापक रुपमा दोहन भइरहेको हो।
सिपाघाट देखि भिमटार प्रवेश गर्ने सिपाघाट पक्की पुल भासिन सक्ने भएकोले गर्दा पुलको ५ सय मिटर तल र ५ सय मिटर माथि नदिजन्य सामग्री उत्खननमा रोकलगाएको थियो ।
माफियाहरुले प्रतिबन्धित क्षेत्रमा नदिजन्य सामग्री उत्खनन रातिको समयमा गर्ने भएकोले गर्दा निर्धक्क सुत्नकालागि समस्या भएको स्थानीय बासि सत्यनारायण श्रेष्ठले सिन्धुज्वालालाई बताए ।
सुत्नका लागि मात्र समस्या नभइ मुख्य समस्या पक्की पुल संरक्षणका लागि गरिएको प्रतिबन्धित क्षेत्र वरपर नदिजन्य सामग्री उत्खनन गर्दा पक्की पुल समेत भासिन सक्ने अनुमान रहेको श्रेष्ठले बताए ।
देउपुर प्रहरी चौकी प्रमुख तारामणि श्रेष्ठले पक्की पुल वरपरको प्रतिबन्धित क्षेत्रमा व्यापक कडाइ गरिरहेको भनेता पनि नदिजन्य सामग्री उत्खननमा कुनै रोक नलागेको स्थानिय सिपाघाट बासि श्रेष्ठले बताए ।