नेपाल चीन उद्योगवाणिज्य संघ, सिन्धुपाल्चोक च्याप्टरको अध्यक्षमा जाङबु शेर्पा

असोज १४, काठमाडौं । नेपाल चीन उद्योग वाणिज्यसंघ सिन्धुपाल्चोक च्याप्टरको अध्यक्षमा जाङबु शेर्पा चयन भएका छन् । काठमाडौंको स्वयम्भुमा हिजो भएको दोस्रो अधिवेशनले शेर्पाको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्माण भएको हो ।
बरिष्ट उपाध्यक्षमा रामकाजी पौडेल, उपाध्यक्ष बलदेब श्रेष्ठ, माहासचिव सोनोर्बु शेर्पा, सचिव चेङ्गा शेर्पा, सहसचिव मिङमार शेर्पा, कोषाध्यक्षमा लोपसाङ शेर्पा र सहकोषाध्यक्षमा दिपक श्रेष्ठ रहेका छन् । त्यसैगरी सदस्यहरुमा जीवन बस्नेत, उत्तर के.सी, प्रेम लामा, नवा बहादुर स्याङबो, दानोर्वु शेर्पा, अशोक कुमार श्रेष्ठ, लाक्पा शेर्पा, निमा दोर्जे तामाङ, ग्याल्जेन शेर्पा, विजय शेर्पा, हरी लामा, चुन्दी लामा, कर्मा शेर्पा, पासाङ शेर्पा र अाङदाेर्जे शेर्पा चयन भएका छन् ।
त्यसैगरी च्याप्टरले अमृत कुमार खड्काको संयोजकत्वमा ९ सदस्यीय सल्लाकार समिति समेत निर्माण गरेको छ । जसमा साङबु शेर्पा, विष्णु बहादुर श्रेष्ठ, छिरिङ शेर्पा, साङदोर्जे शेर्पा, कुमार श्रेष्ठ, कामी शेर्पा, चेङा शेर्पा र कुमार बहादुर कार्की चयन भएका छन् ।
च्याप्टरको पहिलो अधिवेशन लिपिङमा सन २०१२ डिसेम्बर २१ मा उद्घाटन भएर जाङबुकै नेतृत्वमा कार्यसमिति बनेपछि दोस्रो अधिवेशन हिजो भएको हो । सिन्धुपाल्चोकमा भूकम्प, लगातार बाढीपहिरोको कारण अधिवेशन गर्न नसकिएको नवनिर्वाचित अध्यक्ष शेर्पाले बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाल चाईना च्याम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष त्रिभुवनधर तुलाधर रहेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रको मन्तव्य राख्दै प्रमुख अतिथि तुलाधरले नेपाल चीनबीच विद्यमान सुमधुर सम्बन्ध रहेको धारणा राखे । उनले दुईदेश बीच आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आईरहेको बताए । संघले अझै निरन्तर चाहेको भएपनि भूकम्प, बाढीपहिरो र कोभिड–१९ का कारण नाका सुचारु गर्न नसकेको बताए । नाका पूर्णरुपमा सुचारु गर्न विभिन्न सरकारी निकाय, दुवै देशका राजदुत, चीनीया संघसंस्था, सिसिपिआइटी र तिब्बत सरकारलाई आग्रह गरिएको उनले खुलस्त पारे । उनले नयाँ कार्यसमितिलाई बधाई समेत दिए ।
अधिवेशनबाट नवनिर्वाचित सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङबु शेर्पाले दुई देश बीच आर्थिक व्यापारिक क्रियाकलाप विस्तार एवं सुमधुर सम्बन्ध राख्न व्यापारिक क्षेत्रका साथीभाईहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्वता जनाए ।