नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा पहिराे पीडितलाई राहत सामग्री वितरण
नेपाली कांग्रेस सिन्धुपाल्चोकद्वारा बाह्रबिसे-७ घुमथाङका पहिरो पीडितहरुलाई राहत सामग्री प्रदान गरिएकाे छ । उनीहरूलाई हिजाे नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाकाे नेतृत्वमा नगद सहित राहत सामग्री वितरण गरिएकाे हाे । पहिराे पीडितहरूलाई नगद, चामल लगायत खाद्यान्न सामाग्री तथा ब्ल्याङ्केट, भाडाकुडा, सोलार,कोलार र विद्यार्थीहरुकालागी ट्याकसुट वितरण गरिएकाे नेपाल तरूणदल सिन्धुपाल्चोकका अध्यक्ष दाेर्जे लामाले बताए । राहत वितरणमा पूर्व सभापति भुपेन्द्रबहादुर थापा, नेता राजेन्द्रमान ताल्चाभडेल, उपसभापति शिव सुनुवार, नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना, महिला नेतृ लिला नेपाल, तरुण दल सिन्धुपाल्चोक अध्यक्ष दोर्जे लामा, महिला संघ सिन्धुपाल्चोक अध्यक्ष गिता नेपाल, भक्तपुर अध्यक्ष सरु बानिया , धादिङ अध्यक्ष अम्बिका अधिकारी, बलेफी-३ सभापति गोविन्द कार्की ,प्रेस युनियन सिन्धुपाल्चोक अध्यक्ष दुर्गा आचार्य, समाजसेवी शारदा गौतम लगायतको उपस्थितिमा भएकाे हाे ।