जिल्लाकै उत्कृष्ट गाउँपालिका भवन बन्दै भोटेकोशीमा, ¥याफ ढलान सहित हेभी स्टक्चर

दिनेश दुलाल
असोज १४, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । चीनसंग जोडिएको जिल्लाको भोटेकोशी गाउँपालिका आधा दशक यता बाढीपहिरोको चपेटामा छ ।
प्राकृतिक प्रकोपमा करोडौं भौतिक क्षति व्यहोरेको भोटेकोशीमा पुनर्निर्माणको काम पनि तिब्र गतिमा भईरहेको छ । गाउँपालिकाको अन्य योजनाको काम संगै पालिकाको कार्यालय भवन निर्माणको चरणमा छ । गाउँपालिकाबाट चार करोड र जिल्ला समन्वय समितिबाट एक करोड ९० लाख गरी झण्डै ६ करोड लगानीमा भवनको निर्माण कार्य थालिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाले बताईन ।
गत बर्ष पुष २७ गते सम्झौता गरी यस आर्थिक वर्ष २०७७ पुष २० सम्पन्न हुने गरी निर्माण थालिएको साँढे दुईतलाको उक्त भवन बाढी पहिरोका कारण समयमै सम्पन्न हुन नसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद निरौलाले सिन्धुज्वालालाई बताए ।

कोभिड–१९ का कारण भवन निर्माण अवधि थप गरिएको उनले जानकारी दिए । दशैं अगाडि दोस्रो तल्ला निर्माणको चरणमा रहेको उक्त भवन जिल्लाकै उत्कृष्ट भवन बन्ने ईन्जिनियर नबराज गिरीको दावी छ । ‘बाहिरबाट त अन्य भवन जस्तै देखिन्छ तर यो हेभी स्टक्चरको छ’, ईन्जिनियर गिरीले भने । भवन निर्माणमा रडसहित ¥याफ ढलान र स्वायल टेष्ट लगाएत हेभी स्टक्चर नै उत्कृष्ट भवन हुनुको विशेषता रहेको अर्का ईन्जिनियर पुन्य प्रसाद पराजुलीको कथन छ । ईन्जिनियर गिरीका अनुसार जिल्लाका ठूला भवन निर्माणमा समेत यस अघि ¥याफ ढलान गरिने प्रचलन छैन् । भूकम्प प्रतिरोधी सहित मजबुत भवन निर्माण गर्न ¥याफ ढलान आवश्यक रहेको उनको कथन छ । भुई ढलान गर्दा सोलिङ १५ से.मी, पिसिसि ५ से.मी गरेपछि मात्रै रड सहित ५५ से.मी ¥याफ ढलान गरिएको उनले जानकारी दिए । स्वायल टेष्ट पछि मात्रै भवन निर्माण थालिएकाले जमिन भासिने र पहिरोको जोखिम नरहेको ईन्जिनियर गिरीको तर्क छ । उनका अनुसार ईभिडिङद्वारा ठेक्का लगाईएको उक्त भवन निर्माणको जिम्मा सिद्वार्थ कन्ट्रक्सनले लिएको हो । गाउँपालिकाको सो भवन कार्यलय रहेको स्थान फुलपिङकट्टीको हिन्दीमा बन्न लागेको हो ।
भोटेकोशीमा अन्य भवन निर्माणमा समेत सोही प्रविधि अनुसार अपनाईने गाउँपालिकाले जनाएको छ ।