
गोलभेडा खेतीबाट मनग्गे आमदानी

रबिन दनुवार
असोज १३ , भिमटार (सिन्धुपाल्चोक)। जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ आँपटारमा गोलभेडा खेती सुरु गरिएको छ ।
भीमटारका स्थानीय सुरेन्द्र दनुवारले कृषि पेशामा आवद्ध रहेर गोलभेडा खेती सुरु गरेका हुन ।
पाँचलाख लगानी गरेर डेढ रोपनी जमिनमा तीनवटा टनेल निर्माण गरि गोलभेडा खेती सुरु गरेको किसान सुरेन्द्र दनुवारले सिन्धुज्वालालाई बताए ।
सिंचाइको व्यवस्था नभए पनि बर्षाको पानी पोखरीमा जम्मा पारि त्यहीँ जमेको पानीको भरमा गोलभेडा खेती गरेको दनुवारले उनाए ।
उनका अनुसार गोलभेडा राम्रो सँग फलेकोले ३ लाख आमदानी हुने अनुमान गरिएको छ । गोलभेडा खेती पहिलो पटक सुरुवात भएयता अहिलेसम्म २० हजार जति आम्दानी भएको उनको भनाई छ ।
स्थानीय सरकारले कृषि क्षेत्रमा लागेका किसानलाई अनुदान दिए व्यवसाय अझै बढाउने योजना रहेको उनले सुनाए ।