
१५ गते देखि नयाँ डिलक्स सरर काठमाडौं–चौतारा

असोज १२, चौतारा (सिन्धुपाल्चोक) । पूर्व अरनिको यातायात प्रा.लि. ले असोज १५ गतेबाट सुविधा सम्पन्न नयाँ डिलक्स सञ्चालनमा ल्याउने भएको छ ।
बिगत लामो समय देखि यातायात क्षेत्रमा नाम कमाउँदै आएको संस्था पूर्व अरनिको यातायात प्रा.ली.ले दशैंको पूर्वसन्ध्यामा यात्रुहरुको चापलाई मध्यनजर गर्दै काठमानडो बाट चौतारा सम्मको लागि अरनिको सुपर (डिलक्स) बस सन्चालनमा ल्याउन लागिएको व्यवसायी सागर श्रेष्ठले जानकारी दिए ।
चाडपर्वका बेला यात्रुहरुलाई सहज र सरल ढंगबाट ओसारपसार गर्न संस्थामा आवद्व पाँचभाई व्यावसायीहरु मिलेर बस सञ्चालन गर्ने निर्णय भएको सागरले बताए । उनका अनुसार १५ गतेबाट सुरुवात गरिने बस सञ्चालनको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले रिबन काटेर गर्नेछन् । बिगतको भन्दा यात्रुहरुलाई थप सुविधा सहितको बस सञ्चालन गर्न लागिएको व्यवसायी श्रेष्ठले बताए । कोभिड–१९ को माहामारी फैलिएको बेलामा स्वास्थ्य मापदण्डलाई समेत ख्यालमा राखी सुविधा सम्पन्न बस सञ्चालन गर्न लागिएको उनको भनाई छ । ‘हामीले यतिबेला व्यक्तिगत फाईदाका लागि मात्र भन्दा पनि यात्रुहरुको सेवाको लागि नयाँ डिलक्स सञ्चालनमा ल्याउने भएका हौंैं’, व्यवसायी सागरले भने । उनका अनुसार पाँचजना यातायात व्यवसायी सागर श्रेष्ठ, सचिन श्रेष्ठ, दिक्पाल लामा, सिताराम तामाङ र राम सुरेल मिलेर नयाँ डिलक्स सञ्चालनमा ल्याउन लागिएको हो ।
पूर्व अरनिको यातायात प्रा.लि लोकन्थलीले अनुमति दिएसंगै असोज १५ बाट सञ्चालनमा ल्याउन लागिएको व्यवसायी श्रेष्ठले बताए । उनका अनुसार अरनिको दक्ष चालकद्वारा निरन्तर सेवा प्रदान गरिने नयाँ डिलक्समा प्रत्येक सिटमा मोवाईल चार्ज गर्न मिल्ने, गर्मिमा पंखा तथा जाडोमा न्यानोको व्यवस्था तथा खानेपानीको सुविधा सहित आरमदायी यात्रा हुनेछ । उक्त सुपर एक्प्रेस नारायणटारबाट बिहान ५ः५० बजे, पुरानो बसपार्कबाट बिहान ७ः०० बजे, पुरानो बसपार्कबाट दिउसो ४ः०० बजे छुट्ने छ । त्यस्तै चौताराबाट बिहान ७ः०० बजे, १ः४५ बजे र ४ः०० बजे छुट्ने सागरले बताए ।