बाह्रबिसेमा कांग्रेसमा लाग्यो पहिरो, दुईसय भन्दा माथि नेकपामा प्रवेश (नामलिष्ट सहित)

असोज ११, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसेमा नेपाली कांग्रेसका दुईसय भन्दा माथि कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
बाढीपहिरोले क्षतिग्रस्त बनेको बाह्रबिसेमा कांग्रेसका कार्यकर्ता भने नेकपामा प्रवेश गर्नेको लहर नै चलेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली कांग्रेेस नेताहरुको राहत वितरण तथा व्यवस्थापनमा कार्यशैली उचित नभएको भन्दै आईतबार सयौंको संख्यामा नेकपामा प्रवेश गरेका हुन् । सो क्षेत्रमा नेपाली कांग्रेसमा पहिरो नै लागेको जनाकारहरु बताउँछन् । पार्टी प्रवेश गर्ने कांग्रेसबाट निर्वाचित वडा सदस्य देखि लामोसयम कांग्रेसका सक्रिय कार्यकर्ता रहेका छन् । उनीहरुले नेकपामा प्रवेश गर्ने क्रममा नेपाली कांग्रेसका नेताले कार्यकर्तालाई समान व्यवहार नगरेको र राहत वितरणमा पारदर्शि गर्न नसकेको आरोप समेत लगाएका छन् ।

बाह्रबिसेको कबडहलमा आयोजित एक कार्यक्रमको बीचमा बागमति प्रदेशका उद्योग बन तथा बातावरण मन्त्री अरुण नेपाल, नेकपाका नेता सरल सहयात्री पौडेल र बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पाले खादा र अविर लगाएर प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उद्योग, बन तथा वातावरण मन्त्री अरुण नेपाललले नेपाली कांग्रेसमा कार्यकर्ताले भविश्य नदेखेपछि नेकपामा प्रवेश गर्नेको लहर बढेको बताए । ‘नेपाली कांग्रेसमा कुनै राजनीति, शिद्वान्त र जनताका निम्ति ठोस योजना छैन्’, नेता नेपालले भने ।

त्यस्तै कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले कांग्रेसका नेतामा जनतालाई विभेदपूर्ण व्यवहार गर्ने शैलीका कारण आफ्नो पार्टीमा प्रवेशको लहर चलेको बताए । ‘कांग्रेसभित्र सयौं कार्यकर्ता उकुसमुकुस भएर बाँचेका छन् हामीले यसको निकाश दिएका हौं’, मेयर शेर्पाले भने । कांग्रेसका कार्यकर्ता प्रेवेशको लहर थेग्नै नसक्ने गरी आउनक्रम बढेको बताउँदै मेयर शेर्पाले पार्टीले उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखे । उनले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको कार्यशैलीलाई खुलेर विरोध गरे ।

नगरपालिकाको प्राय सबै वडाबाट नेपाली कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । बाह्रबिसे नगरपालिका वडा नं ३ का रविन्द्र श्रेष्ठ नेपाली कांग्रेस निर्वाचित महिला वडा सदस्यको भाई हुन् । उनी नेपाली कांग्रेमा लामो समयदेखि सक्रिय रहदै आएका थिए । त्यस्तै केही राप्रपाबाट समेत प्रवेश गरेको नेकपा बाह्रबिसे नगरकमिटिले जनाएको छ ।

पार्टी प्रवेश गर्ने यि हुन् कार्यकर्ता ः
विजय जिसी, प्रेमबहादुर तामाङ, रामबहादुर तामाङ, बमबहादुर तामाङ, देशबहादुर तामाङ, भिमबहादुर तामाङ, अम्बर तामाङ, प्रेमबहादुर तामाङ, सुभाष तामाङ, कमल तामाङ, केदार तामाङ, रमेश तामाङ, कुलबहादुर तामाङ, सञ्चमान तामाङ, कृष्ण तामाङ, सन्देश योञ्जन, विजय जिसी, सागर तामाङ, किरण तामाङ, राजमान घिसिङ, अनिल तामाङ, सन्तबिर तामाङ, सुजन तामाङ, यशन कार्की, क्ष्तििज कार्की, निरन थापा, निरज तामाङ, सुनिल तामाङ, विजय तामाङ, रुपेश तामाङ, सुजन तामाङ, अरुण तामाङ, मुकेश तामाङ, देवेन्द्र तामाङ, सुरुज तामाङ, अम्बर लामा, बुद्व, तामाङ, प्रेमबहादुर तामाङ, सुजन तामाङ, बमबहादुर तामाङ, सन्त तामाङ, दिनेश तामाङ, दिपक तामाङ, सुनिल तामाङ, नानीराम तामाङ, सोनाम तामाङ, गणेश तामाङ, कृष्णबहादुर तामाङ, विशाल तामाङ, राजुयोञ्जन तामाङ, जयराम तामाङ, निमा शेर्पा, दाव शेर्पा, फुर्वा शेर्पा, पवित्र कुमार श्रेष्ठ, पवनकुमार श्रेष्ठ, प्रकाश बस्नेत, राजाराम श्रेष्ठ, शंकर श्रेष्ठ, सीतामायाँ बुढाथोकी, एकबहादुर बस्नेत, शिशिर तामाङ, रुजेष श्रेष्ठ, कविन श्रेष्ठ, उद्वबप्रसाद नेपाल, पदमध्व गुभाजु, सिता गुभाजु, रविन्द्र श्रेष्ठ (निर्वाचित वडा सदस्य), सर्मिला श्रेष्ठ, बिनोद श्रेष्ठ, समित्रा श्रेष्ठ, सबिना श्रेष्ठ रहेका छन् ।
बाह्रबिसे–५ खागदल
अर्जुन बस्नेत, पवन बस्नेत, गंगाबहादुर श्रेष्ठ, प्रदिप भण्डारी, सुमन बस्नेत, टुलबहादुर श्रेष्ठ, राम रोक्का, निकेश भुजेल, रोज रोक्का, सविन श्रेष्ठ, राकेश पाण्डे, सुमन श्रेष्ठ रहेका छन् ।
बाह्रबिसे–९ नयाँबजारबाट
जितबहादुर तामाङ, सुब्बा लामा, चरीबहादुर तामाङ, सोहन तामाङ, रणबहादुर तामाङ, विवेक तामाङ, तिर्थमायाँ तामाङ, नानु लामा, निमी शेर्पा, अन्जु तिवारी, बच्चु शेर्पा, मशली श्रेष्ठ, प्रेम शेर्पा, सुनिता श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, रामबहादुर शेर्पा, विश्वनाथ श्रेष्ठ रहेका छन् ।
बाह्रबिसे–४ बाट
गोन्दि राउत, विकेश श्रेष्ठ, ईशान राउत लगाएत रहेका छन् ।