फेरी पनि जिम्मेवारी आयो भने जिम्मेवारीबाट पछि हट्ने कुरा छैन

शम्भुप्रसाद पोखरेल (अध्यक्ष)
निजामति कर्मचारीको आधिकारिक टे«ड युनियन जिल्ला कार्यसमिति, सिन्धुपाल्चोक

निजामति कर्मचारीको आधिकारिक टे«ड युनियनको सिन्धुपाल्चोेकमा आगमी असोजमा हुन लागेको निर्वाचन स्थगित भएको छ । टे«डयुनियनको चार चार वर्षमा गर्नुपर्ने प्रावधान अनुसार यसअघि २०७३ बैशाखमा निर्वाचन भएको थियो । असोज २४ गतेलाई तोकिएको निर्वाचन कोरोनाको कारण देखाउँदै फेरी मंसिर २७ मा सरेको छ । निर्वाचनको सम्पूर्ण तयारी गरिसकेको ट्रेडयुनियनको मंसिरमा गर्ने भनिएपनि त्यतिबेला पनि सम्भावना न्युन देखिन्छ । यो अवस्थामा निर्वाचन कसरी सम्भव होला । यदि निर्वाचन भयो भने टे«डयुनियनको भावी योजना के कस्ता छन् भनेर निजामति कर्मचारीको आधिकारिक टे«ड युनियन सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष शम्भुप्रसाद पोखरेलसंग सिन्धुज्वाला अनलाईलले गरेको कुराकानीको सम्पादित अंश–सम्पादक
१) टे«ड युनियनको निर्वाचन नजिकिदै गर्दा निर्वाचनको गरामगर्मी निकै बढेको थियो तर तोकिएको निर्वाचनको मिति सारिएको सुन्न आएको छ सारिनुको खास कारण के हो ?
अहिलेको प्रमुख जल्दोबल्दो कारण चाँही कोरोनाको काराण नै हो । भेलामा संगठित सदस्यहरु भेला गर्नु हुँदा त्यसले स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने सम्भावना भएपछि रोकिएको हो ।

२) देशमा कोरोनाको माहामारी बढिरहेको यहाँहरुलाई थाहा हुँदाहुँदै यतिबेलै निर्वाचन चाँही किन गर्नुपरेको हो ?
यो निर्वाचन भनेको विशुद्व नेपाल सरकारले गराउने निर्वाचन हो । आधिकारिक ट्रेडयुनियनको चारवर्षे कार्यकाल हो । २०७३ साल पछिको निर्वाचन हो । अहिले कार्यकाल सकिएको अवस्था छ । सेडियोल अनुसार चुनाब गराउनै पर्ने थियो तर अहिले समय चाँही उपयुक्त थिएन । कोरोनाले जताजततै त्रसित भएको बेलामा होटल व्यवसाय सम्पूर्ण बन्द रहेको अबस्था छ । जनताहरु त्रसित छन् । हाम्रा मतदाताहरु पनि गाउँस्तर देखी आउनु पर्ने हुन्छ । यस्तो बेलामा गाउँदेखि सदरमुकाम आईपुग्दा संक्रमण हुने खतरा रहन्छन् । फेरी पनि रोकिनुको कारण हाम्रो मात्रै नभई नेपाल सरकारको हातमा छ । यसलाई आम निर्वाचन जस्तै गराउनु पर्ने हुन्छ । ऐन अनुसार नेपाल सरकारकै दायित्वभित्र पर्ने र हामी चाँही त्यसमा सहभागी हुने हो । सरकारले निर्वाचन मिति घोषणा गरेपति हामी कम्मर कसेर लागि सकेका थियौं । तर मंसिरको २७ गते सरेको छ । तैपनि हाम्रा कार्यक्रमहरु निरन्तर रहिरहन्छन् । प्रचारप्रसार तथा सदस्यता वितरण लगाएतका कामहरु निरन्तर हुन्छन् । हामीले गर्नुपर्ने कामहरु निरन्तर रहन्छ ।
३) २४ गते नै निर्वाचन भएको भए यहाँहरुले के–के तयारी गरिसक्नु भएको थियो ?
सबै साथीहरुमा सञ्चारमाध्यमबाट प्रचारप्रसार पुगिसकेको थियो । सदस्यता वितवरण लगाएत कामहरु भईसकेका थिए । यदि असोज २४ गते नै निर्वाचन भईदिएको भए सबै साथीहरु भाग लिन सकिने गरी हामीले तयारी सकेका थियौं । हाम्रो राजनीतिक दलको जस्तो चुनावको लागि प्रचारप्रसार गर्नुपर्ने हुँदैन । सदस्यहरु सबैलाई खबर गरे पुग्ने हुन्छ । हामी तयारी अवस्थामा नै थियौं ।
४) यस अघि २०७३ सालमा यहाँ जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको रहेछ । यहाँको कार्यकाल चार बर्ष बितिसकेको छ । फेरी पनि यहाँनै अध्यक्ष हुने दाउमा हुनुहुन्छ की अध्यक्षका अरु दावेदार खडा भएका छन् ?
हाम्रो यो अप्रत्यक्ष खालको निर्वाचन हो । समाबेशी र समानुपातिक प्रतिनिधित्व हुन्छ । पहिलो कुरा व्यक्ति लड्ने होईन टे«ड युनियन लड्छन् । यो निर्वाचन भनेको नेपाल निजामति कर्मचारी संगठन, नेपाल युनियन संघ, राष्ट्रिय कर्मचारी संगठन छन् । सिन्धुपाल्चोकमा तीनवटा संगठन छन् । तिनीहरु दल लड्ने हो पहिला त्यसपछि हाम्रो टे«डयुनियनहरु छन् । पहिला आ–आफ्नो संगठनबाट प्रतिनिनिधित्व गरी निर्णय गर्ने हो । यसकारण ट्रेडयुनियनमा म निरन्तर लागि परेकोले भोली साथिहरुले चुनेभने म बस्दिन भन्न मिल्दैन । मेरो पृष्टभूमि हेर्नुहुन्छ भने म २०४६ साल देखि निरन्तर रुपमा म लागिरहेको छु । कुनै न कुनै रुपमा बाहिर बसेर भएपनि हरेक पदमा १५÷२० वटा जिल्ला घुम्दा सानोठूलो कुनैन कुनै पदमा बसेर काम गरेको छु । साथीहरुले जिम्मा दिनुभयो भने जिम्मेवारीमा पछि हट्ने कुरा छैन । होईन अर्कै साथीलाई पालो दिनपर्छ भनेर साथीहरुले भन्नुहुन्छ भने मलाई त्यस्तो आपत्ती पनि छैन् ।
हाम्रो फेरी सिधै अध्यक्ष उमेदवार भएर भोट माग्ने परिपाटी पनि होईन । युनियनले पाउने हो । त्यहाँ बसेका साथीहरुले जिम्मेवारी दिनुहुन्छ भने पछि हट्ने कृरा पनि छैन् । केन्द्रमा जस्तो जिल्लामा त्यस्तो खासै ठूलो भूमिका पनि हुँदैन ।
५) यसअघि यहाँ यस संगठनको अध्यक्ष हुनुको नाताले यहाँको कार्यकाललाई यहाँले कसरी मूल्याङकन गर्नुभएको छ ?
यसअघिको मेरो चारवर्षे कार्यकाल त्यति सफल भएन । जुन सरकारले ऐन अनुसार निर्देशित गरेका कुराहरु कार्यविधिमा ऐन नियम बनाएर दिनपर्ने थियो । अधिकार र कर्तव्य केही व्यवस्था छैन् । जाहाँसम्म हामीलाई एउटा कार्यविधि स्विकृत गरेर दिने कुरा थियो त्यो स्विकृत गरेर हामीलाई दिएन । सरकारले नदिएको कारणले हामीले जिल्लाको अध्यक्षको हैसियतले मात्र सहभागी हुने र काँही साथीहरुलाई मर्का परेको छ भने सहजीकरणको लागि गइयो । यसकारण हाम्रो कार्यविधि नै स्विकृत नभएको हुनाले त्यति रचनात्मक काम गर्न सकिएन । आफ्नो कार्यकालमा त्यस्तो उल्लेख्य काम त गर्न सकिएन पदीय हैसियतले जानुपर्ने र गर्नुपर्ने मेरो आफ्नो क्षमताले भ्याएसम्म गरेको छु ।
६) टे«ड युनियनको काम, कर्तव्य र अधिकारका बारेमा अलिकति खुलस्त पारिदिनुहोस न ?
ट्रेडयुनियन सरकारको सहयोगी संस्था हो । हाम्रो जुन लोगो र छाप छ त्याहाँ नेपाल सरकारै भनेर राखिएको छ । किनकी यो सरकारलाई असहयोग गर्ने खालको संस्था होईन । सरकारकै मातहातमा बसेर सरकारलाई सहयोग गर्ने संस्था हो । त्याहाँ भएका ऐन नियमका कुराहरुमा पनि विज्ञताको हिसाबले, ग्रामिण भेगमा काम गरिरहेका साथिहरुलाई ऐननियम बनाउँदा उनीहरुकै सहभागिता गराउने एउटा प्रजातान्त्रिक अधिकार पनि हो । केन्द्रमा चाँही हाम्रा साथीहरुले ऐननियम बनाउने कुरामा समितिमा बसेर काम गर्नुहुन्छ । हामी यहाँ जिल्लामा बस्दा केन्द्रबाट मागिएका सुझाबहरु संकलन गरेर ऐननियममा चाँही यस्तो हुनपर्छ है भनेर पठाउने र यहाँ जिल्लामा पनि कुनै कार्यालयहरुले त्यस्तो सुझाब मागे भने हामीले सल्लाहा दिने र कुनै साथीहरुलाई पिरमर्का परेको रहेछ भने गुनासो सम्बोन गर्ने यिनै कुरा हुन ट्रेड युनियनका । सरकारलाई असहयोग गर्ने र सरकारका विरुद्व लाग्ने कुनै योजना हुँदैन । बरु सरकारले गलत काम गर्न लागेको छ भने त्यसलाई खबरदारी गर्ने काम गर्दछ । कार्यविधि त्यस्तो नबनेको हुनाले मेरो कार्यकालमा खासै नयाँ कुरा हुन सकेन ।
७) निजामति कर्मचारी भनेका राष्ट्रका सेवक हुन यहाँले पनि विशुद्व भन्नुभयो तर आधिकारिक टे«ड युनियनको नाममा राजनीति हुन्छ भन्ने आरोप छ नी ?
आरोप त हरेक दृष्टिकोणबाट लगाउन सकिन्छ । आधिकारिक टे«ड युनियन भनेको एउटा छाता संगठन हो । पहिला सुरु देखि खोलिएको संगठन भनेको नेपाल निजामति कर्मचारी संगठन हो । राजनीति शास्त्रमा ‘फुटाऊ र शासन गर’ भन्ने भनाई छ । यसलाई राजनीति दलहरुले प्रयोग गरेर पार्टी नै पिच्छे बनाए । त्यो हुनहुँदैन्थ्यो त्यो दुःखद् कुरा हो । दुईचारजना साथीहरुले गर्दा खेरी हामी निष्पक्षरुपमा नखुलेका मान्छेहरु पनि मुछिन चाँही बाध्यनै छौं । किनभने आस्थाका आधारमा एउटा न एउटा समाउनै पर्ने रहेछ । भातृसगठन जस्तो दलैपिच्छेका खोलिदिएका छन् । त्यसो गनुहुँदैन्थ्यो किनभने कर्मचारीको हकहितको लागि गर्ने हो । उद्देश्य एउटै छ उद्देश्य फरक छैन् । राकस, संगठन र युनियनको पनि त्यहि उद्देश्य हो । विडम्बना एउटै उद्देश्यको लागि विभिन्न गोटी भईएको छ त्यो हुनुहुँदैन्थ्यो नहुनुपर्ने कुुुरा भएको छ ।
८) अब मंसिरमा त पक्कै निर्वाचन होलानै त्यसको तयारी यहाँहरुले कसरी गर्दैहुनुुहुन्छ ?
हाम्रो सदस्यता वितरणको काम अलिकति बाँकी थियो । पालिका देखि सम्पूर्ण कार्यालयहरुमा गर्नु पर्ने छ । अब हामी सम्पूर्ण पालिका देखि लिएर सम्पूर्ण कार्यालय कार्यालयमा प्रचारप्रसार देखि लिएर सदस्यता वितरणका कामहरु गर्छौ । निर्वाचन मंसिरको २७ गते भनिएको छ । त्यसलाई सफल पार्नको लागि हरतरहले लाग्छौ हामी ।
९) कति सदस्य छन् टे«डयुनियनमा, निर्वाचनको प्रक्रिया कस्तो छ बताई दिनुहोस न
अहिले विगतको भन्दा अहिले सदस्य घटेका छन् । देश संघीयतामा गईसकेपछि सम्पूर्ण पालिकाहरुमा सबै कर्मचारी विभक्त भएका छन् । त्यसपछि सिन्धुपाल्चोक जिल्ला अलि विकट जिल्ला भएको हुनाले साथीहरुले समायोजन रोजेर अन्यन्त्र गईसक्नु भएको छ । हाम्रो चुनाव भनेको कस्तो हो भने सबै कर्मचारीहरुले सदस्य हुन पाउँदैनन् । पहिला निजामति किताब खानमा दर्ता भएका साथीहरु मात्रै सहभागी हुन्छन् । अहिले स्थानीय तहमा लोकसेवाबाट लडेर आएका साथीहरुले पनि सहभागी हुन पाएनन् । स्वास्थ्यतिरका साथीहरु पनि सहभागी हुनुहुन्न । यसकारण सदस्यहरु पहिला ६ सयको हाराहारीमा २०७३ सालमा सदस्य हुनुहुन्थ्यो । अहिले हाम्रो ३ सय ५० को हाराहारीमा सदस्य हुनुहुन्छ । कतिपय सरुवा हनुभएका साथीहरु हाजिर हुनुभएको छैन् । निर्वाचनको प्रक्रिया चाँही दलको जस्तै हो । हाम्रो निजामति कर्मचारी संगठनको एउटा छाप भयो, युनियनको छाप, मधेशवादी दल लगाएत ६÷७ वटा टे«डयुनियन छौं । सबैको मतदाता पत्रमा नाम हुन्छ । त्यसमा रोज्नेले एउटा छाप लगाउने हो । त्याहाँबाट छानिएका मध्यबाट प्रतिनिधित्व हुने पहिलो हुनेले अध्यक्ष र कोषाध्यक्ष पाउने र दोस्रो हुनेले उपाध्यक्ष र दुईवटा सदस्य पाउने भनिएको छ । त्यसैगरी तेस्रो हुनेले सचिव र दुईवटा सदस्य पाउने विधानमा उल्लेख छ । मतको आधारमा निर्वाचन कार्यालयबाट यो यो सिट पाईस भनेर जान्छन् । जुन जुन पदको लागि हो टे«ड युनियनका साथीहरु बसेर निर्णय गरेर पाठएपछि निर्वाचनले नियुक्ति दिन्छ । प्रतिनिधित्व समानुपातिक किसिमको छ ।
१०) टे«डयुनियनको भावी लक्ष्य र योजना कस्तो छ ? यो संगठन कसरी अगाडी बढ्न पर्छ भन्ने लाग्छ यहाँलाई ?
मैले माथि नै उल्लेख गरेअनुसार टे«डयुनियन भनेको विशुद्व कर्मचारी हकहितको लागि हो । कर्मचारीको हकहित, संरक्षण र सुविधाको कुराहरुमा केन्द्रित हुन्छ । हाम्रै उपर बन्ने ऐननियमहरुमा पनि निगरानी गर्न पाउने समेतलाई पनि हाम्रो विधानमा छ । यसो भएको हुनाले यसमा हाम्रो रचनात्मक भूमिका हुन्छ । सरकरले सो अनुसारको कार्यविधि बनाईदियो ऐन अनुसार र मर्मअनुसार परिचालन ग¥यो भने सरकारले सहयोग नै पाउँछ । सरकारलाई सुझाब दिने लगाएत कुराहरुमा पछि हट्दैनौ हामी ।
११) अन्त्यमा यस अनलाईन मार्फत यहाँको भनाई केही छ की ?
आम साथिहरुलाई के भन्न चाहान्छु भने २४ गते चुनाब हुन लागेको थियो विषेश कारणबस कोरानाको कहर, डर तथा चाडपर्व पनि नजिक आईरहेका छन् । यो अवसरमा साथीहरुलाई विजयी दशमी तथा दिपावलीको शुभकाना दिन चाहान्छु । दिपाबलीको लगत्तै आधिकारिक टे«ड युनियनको चुनाबको घोषणा भएको छ । सो निर्वाचनमा साथिहरुको उत्साहा पूर्ण चाँही सहभागिता होस र साथीहरुले आफुले ईच्छा गरेको एउटा टे«डयुनियनलाई रोजेर मतदान गर्न साथीहरुलाई आग्रह गर्न चाहान्छु । म चाँही एउटा संगठनबाट प्रतिनिधित्व गरेर टे«ड युनियनको जिल्ला अध्यक्ष भएर चारवर्ष कार्यकाल सकिएको छ । म पनि केही दलको प्रतिनिधित्व गरेकाले संगठनकै तर्फबाट भोट माग्न पर्ने भएकोले अहिले जसरी पदमा बसेर साझा संस्थाको रुपमा काम गरें । अब चाँही चुनाबमा जानुपर्दा खेरी संगठनलाई अत्याधिक मतले विजयी गराउनुहुन्छ भन्ने अपेक्षा सहित साथिहरुलाई अनुरोध गर्न चाहान्छु । मंसिर २७ को चुनावमा सबै तहका साथीहरु अनिवार्य रुपमा सभागि भई यो चुनावलाई भव्य र सभ्य रुपमा सम्पन्न गराईदिनुहुन्छ भन्ने पूर्ण विश्वास लिएको छु । धन्यवाद ।
प्रस्तुती ः दिनेश दुलाल