सिन्धुपाल्चोकमा प्राकृतिक प्रकोपबाट बच्न नेकपाले थाल्यो नयाँ अभियान

दिनेश दुलाल
असोज १०, सुकुटे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लालाई प्राकृतिक प्रकोपकबाट बचाउन नयाँ अभियान थालनी गरेको छ ।
नेकपाले जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्युनिकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिम सम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन समेत निर्माण गरेको हो । सोही प्रतिवेदन उपर पार्टीका शिर्ष नेताहरु, जिल्ला तहका नेताहरु तथा जनप्रतिनिधि बीच आज सुकुटमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त प्रारम्भिक प्रतिवेदन उपर बृहत खालको छलफल भएको नेकपा सिन्धुपाल्चोकले जनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० अन्र्तगत सुकुटे बीच क्याम्पमा आज बिहान ११ बजे देखि भएको अन्तरक्रिया कार्यक्रम दिउसो ३ बजे सकिएको थियो ।

सो पार्टीका अनुसार कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अमृतकुमार बोहोरा लगाएत केन्द्र र जिल्ला तहका नेता तथा कार्यकर्ताहरु र जनप्रतिनिधिहरुको सहभागितामा अन्तरक्रिया बैठक भएको हो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य बोहोरोले सन्धुपाल्चोकको बाढी पहिरोको घटना अत्यान्तै संवेदनशिल मानिसको जीवनसंग गाँसबास र कपाससंग जोडिएको भएकोले विपद्का घटनाबाट कसरी पार पाउन सकिन्छ भन्ने कुरा मध्ये नजर गर्नुपर्ने बताए ।
‘पिरमर्का र अपठ्यारोमा परेका जनताको समस्यालाई बुझ्न हल गर्न सकियो भने मात्रै कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता हुनुको अर्थ लाग्छ’, नेता बोहोराले भने ।

पार्टीभित्र अहिले माथि देखि तलसम्म संवेदनशिलता हराएकोप्रति चिन्ता व्यक्त गर्दै नेता बोहोराले सिन्धुपाल्चोकको घटनालाई तत्कालिन र दृघकालिन हिसाबले यसको समाधान गर्नको निम्ति सबै लाग्नुपर्ने बताए । प्रतिवेदनमा २०३८ देखी घटेका ऐतिहासिक पृष्टभूमि बोकेका घटनालाई समेत समावेश गर्न उनले सुझाब दिए ।
बागमति प्रदेशका बन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले घटना घटेको केही समय पछि नै पीडित जनतालाई विर्सदै जाने परिपाटीको विकास भएको खुलासा गरे । सिन्धुपाल्चोकमा भएका विपद्का घटना भने अब बिस्मृतिमा नजाने उनले ठोकुुवा गरे । कार्यदलको प्रतिवेदन पछि यसले जिल्लामा योजना बनाउनको निम्ति कोशेढुङ्गा सावित हुने उनले दावी गरे ।
त्यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज कृष्णप्रपाद सापकोटाले कार्यदल गठन गर्नु मात्रै ठूलो कुरा नभई पार्टीको स्प्रिटलाई पक्रनसक्नु महत्वपूर्ण हुने बताए । ‘सिन्धुपाल्चोकमा बस्ती स्थान्तरण गर्न मात्रै होइन बस्तुसंगत ढंगले विधि निर्माणको लागि जनप्रतिनिधिहरुलाई सचेत रहन कार्यदलले ईंगित गरेको छ’, जिल्ला ईन्चार्ज सापकोटाले भने । ठूला पिपद्का घटना भएका ठाउँहरुमा नमुनायोग्य बनाउने र साना प्रकृतिका घटनालाई स्थानीय तहले आफैंले व्यवस्थापन गर्नुपर्ने उनले सुझाब दिए ।
त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङले सिन्धपाल्चोकबाटै विपद्मुक्त गराउन सके नमुना सिन्धुपाल्चोक बनाएर देशलाई एउटा सन्देश दिनसक्ने ठोकुवा गरे । नेपाल सरकारले सिन्धुपाल्चोकलाई विपद्क्षेत्र घोषणा गरेसंगै त्यसको जगमा टेकेर कार्यदल बनेको उनले बताए ।

कार्यक्रममा बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिवेदनमा गैरप्राविधिकबाट आएका सुझाब मात्र भएकोले प्राविधिक अध्यायनबाट यथार्थ रिपोर्ट आउने उनले विश्वास दिलाए । समस्या निराकरण गर्नको लागि नीति निर्माणको तहमा र कार्यक्रम कार्यन्वयनको तहमा निरन्तर एउटा एजेण्डाको रुपमा रहने उनले बताए । ‘यो एजेण्डलाई राजनैतिक एजेण्डाको रुपमा लैजानुपर्छ’, मन्त्री दुलालले भने । अबको बिकासको मोडेल भनेको पूर्वाधारको विकासको मोडेल मात्रै नभई पूर्वाधार बिनाको मोडेल समेत हुनसक्ने उनले संकेत दिए । सोही प्रसंगमा मन्त्री दुलालले थोरै बस्तीहरु भएको ठाउँमा अरबौं लगानी गर्नुभन्दा सरकारले त्यस्ता बस्तीहरुलाई करोडमा खरिद गरेर स्थान्तरण गर्नु बुद्विमता हुने उनले तर्क पेश गरे । बस्ती स्थानतरणको एजेण्डालाई विशुद्व सुरक्षाको हिसाबले नहेरेर आर्थिक र बित्तिय हिसाबले कसरी लैजाने भनेर सोच्नुपर्ने मन्त्री दुलालले बताए ।
कार्यक्रममा बागमति प्रदेशका अर्थ तथा विकास सभापति सरेश नेपालले असुरक्षित र सुरक्षित बस्ती केलाई भन्ने ? यसको मापदण्ड स्पष्ट रुपमा लेख्न आवश्यक रहेको औंल्याए । बस्ती स्थान्तरणलाई ३ महिना देखि ६ महिना सम्मको आवधिक योजना अनुसार हुनुपर्ने धारणा राख्दै प्रदेश सांसद नेपालले अब अस्थायी बस्ती टेन्टमा नभई जस्तापाता निर्मित हुनुपर्ने सुझाए ।
कार्यक्रममा जिल्लाका नौवटा पालिकाका प्रमुखहरु तथा ३ पालिकाका जनप्रतिनिधिहरुले आफ्ना मातहातका पालिकाका समस्याहरु राखेका थिए । अधिकांश पालिकामा बस्ती स्थान्तरण गर्न प्रभावितहरुले आफ्नो थातथलो नछाड्ने समस्याका कारण काम गर्न नसकिएको बताए ।
जिल्ला प्राकृतिक प्रकोप अध्ययन, न्युनिकरण तथा सहजीकरण कार्यदल–२०७७ गठन गरी प्रतिवेदन बनाईएको हो । प्रतिवेन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज माधव सापकोटा ‘सुवोध’ले प्रस्तुत गरेका थिए । प्रतिवेदन उपर भएको अन्तरक्रिया मार्फत आएको सुझाबका आधारमा परिमार्जित गरिने उनले बताए ।
कार्यक्रमलाई सोही कार्यदलका एक सदस्य तथा बस्ती स्थानान्तरण कार्यदलका संयोजक कृष्णगोपाल तामाङले धन्यवाद समेत दिएका थिए ।
यस्तो छ प्रतिवेदन pratibedan