स्वास्थ्यको मापदण्ड नै ख्याल नगरी जिल्लामा पुनरावेदन गर्नेहरुको भिड

५ दिनमै निवेदन दर्ता गर्ने ९ सय नाघे

असोज १, चौतारा (सिन्धुपाल्चोक) । भूकम्प प्रवाहितहरुले आफ्नो नाम लाभग्राहीको सूचिमा नपरेको भन्दै जिल्ला सदरमुकाम चौतारामा पुनरावेदनका लागि निवेदन दिन आईपुगेका छन् ।
देशभर कोरोना माहामारीको प्रकोप बढिरहेको बेलामा त्यसको प्रवाहा नगरी जिल्लाको साविकका ३ वटै क्षेत्रबाट भूकम्प प्रवावितहरु सोमबार निवेदन दर्ता गर्न चौतारा पुगेका हुन् । सदरमुकाम चौतारामा रहेको पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय अगाडि सयौं मानिसहरुको भिड बिहिबार सम्म देखिएको छ । कार्यालयका कर्मचारीलाई समेत आवेदन दर्ता गराउन भ्याईनभ्याई भएको छ । निवेदकले स्वास्थ्यको कुनै मापदण्ड अपनाएका छैनन् । कार्यान्वयन ईकाईले गैरलाभग्राहीलाई पुनरावेदन गर्न कार्यालय खुल्ला गरेसंगै भूकम्प प्रभावितहरु सवारी साधन रिर्जभनै गरेर सदरमुकाम आईपुगेका थिए । स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दुरी दुईमिटरको फरकमा बस्नु पर्नेमा प्रभावितहरु टाँसिएर बसेका छन् । ‘हामीले थेग्न सकेनौं, बेलैमा प्रहरीलाई अनुरोध नगर्दा यो समस्या भयो’, एक अधिकृतले सिन्धुज्वालासंग भने । सहयोगको लागि जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरिसकेको आयोजना प्रमुख प्रेमप्रसाद गौतमले बताए । ‘स्वास्थ्य मापदण्डलाई ख्याल गरेर लाईन बस्न भनेका हौं उहाँहरुले मान्नु भएन’, आयोजना प्रमुख गौतमले भने । उनका अनुसार गैरलाभग्राहीलाई पुनरवेदन गर्न खुला गरिएपनि जिल्लामा निषेधाज्ञा जारीका कारण कार्यालयको काम ठप्प थियो । यो पाँचदिनमा सेवाग्राहीको भिड बढेको हो ।

जिल्ला कार्यान्यन ईकाईका अनुुुुसार पछिल्लो पाँचदिनमा मात्रै ९ सय हाराहारीमा पुनरावेदननका लागि निवेदन दर्ता भएका छन् । त्यस्तै साउन यता २ हजार ४ सय ६३ ले निवेदन दर्ता गराएका छन् ।
कार्यान्वयन ईकाईका अनुसार जिल्लामा १९ हजार प्रभावितहरुले लाभग्राही सूचिमा पर्न निवेदन दिएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक हजार ९ सयलाई मात्र लाभग्राही सूचिमा समावेश गरेर बाँकीलाई गैरलाभग्राही भनेको थियो । बाँकी रहेका १७ हजारलाई पुनः पुनरावेदन दिन सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधि २०७३ ले व्यवस्था गरेअनुसार गैरलाभग्राहीले पुनरावेदनका लागि निवेदन गर्न पाएका हुन् ।

कार्यालयका अनुसार जिल्ला कार्यान्वयन ईकाईले चिठी पठाएको ३५ दिन भित्र गैरलाभग्राहीमा परेका प्रभावितले पुनरावेदनका लागि निवेदन दर्ता गराउन पर्ने छ । अहिले सम्म ३ हजार २ सय ७१ ले पुनरावेदनका लागि निवेदन दिएको आयोजनाले बताएको छ । यो गत वर्षहरुको समेत अभिलेख हो ।
स्मरण रहोस जिल्लामा लाभग्राही ९० हजार ९ सय ४ रहेका छन् । जसमध्ये पहिलो किस्ता ८८ हजार १ सय २८, दोस्रो ८४ हजार ५ सय र तेस्रो ७८ हजार ३ सय ३ रहेको जिल्ला कार्यान्वयन ईकाईले जनाएको छ ।