राम्चे केन्द्रविन्दु बनाएर बिहानै ६ रेक्टरको भूकम्पको धक्का

भदौ ३१, काठमाडौं । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान ५ः१९ बजे आएको भुकम्पका कारण सिन्धुपाल्चोक सहित उपत्यका र विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।