पहिरो पीडितलाई टुकी संघ र केयर नेपालद्वारा राहत सामाग्री सहयोग
३० भदौ, बाह्रबिसे (सिन्धुपाल्चोक) ।
जिल्लाको बाह्रबिसे नगरपालिका वडा नंं.७, घुम्थाङका पहिरो पीडित परिवारलाई टुकीसंघ सुनकोशी र केयर नेपालको सहयोगमा राहत समग्री वितरण गरिएको छ । स्थानीय साझेदार संस्था टुकीसंघ र केयर नेपालले पहिरोबाट अति प्रभावित ६० घर परिवारका लागि प्राप्त सरसफाईका अत्यावश्यक सामाग्री लगाएत विरण गरिएको टुकिसंघ सुनकोशीका कार्यकारी प्रमुख ज्ञानेन्द्र पौडेलले सिन्धुज्वालाई बताए । उनका अनुसार ति दुई संस्थाले महिला तथा बालकालिकाका लागि अत्यावश्यक सामाग्री (डिग्निटी किट्स्), हाइजिन किट्स्, तत्कालीन अत्यावश्यक अस्थायी आवास सामाग्री, (२ वटा त्रिपाल सहितको बेसिक सेल्टर किट्स) तथा ६० परिवारका लागि १ महिनाको लागि पुग्ने खाद्य सामाग्री वितरण गरेको हो । पीडितलाई दाल, चामल, तेल, घयू, चिनी लगाएत त्यति नै परिवारका लागि ५ दिनको लागि पुग्ने तयारी खाद्य सामाग्री चिउरा, दालमोठ, बिस्कुट, चिनी, सर्बोत्तमपीठो, आदि वितरण गरेको पौडेलले जनाकारी दिए । त्यस्तै पहिरोबाट घर पूर्णरुपमा ध्वस्त भई भाँडावर्तन समेत पुरिएका २८ परिवारका लागि भान्साका भाँडाकुँडा समेत नगर उप प्रमुख शुशिला पाख्रिन र वडा न.ंं७ का वडा अध्यक्ष मिनबहादुर श्रेष्ठको रोहबरमा पीडित परिवारलाई बितरण गरिएको उनले बताए । गत शनिबार राती गएको पहिरोमा परी घुम्थाङको ३० घर पूर्ण क्षति भएको तथा ३१ जना बेपत्ता भएकामध्ये सोमबार सम्ममा ११ जनाको र बुधबार ५ जनाको शव भेटिएपछि मृतकको संख्या १६ पुगेको छ भने बाँकी अझै १५ जना वेपत्ता छन् ।
स्मरण रहोस; उक्त सामाग्री उपलव्ध गराउनु पूर्व नगर प्रमुख निमफुञ्जो शेर्पा र जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसंग २८ गते नै समन्वय सम्पर्क पश्चात २९ गते उक्त सामाग्री नगरको एकद्वार प्रणाली नीति अनुरुप नगरप्रमुखलाई हस्तान्तरण पछि मंगलार पीडित परिवारसम्म पु¥याइएको हो ।