
सांसद हुमागाई र नगरप्रमुख वाइबाद्वारा सिंचाई कुलाेकाे निरीक्षण

भदौ ३०, मण्डनदेउपुर (काभ्रे)। जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा रहेको ढाडकुलो, मुलकुलो,बार्हमुरेकुलो,को स्थलगत निरीक्षण भएको छ।
बागमती प्रदेश सांसद माननीय बसुन्धारा हुमागाई,मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबा, सिंचाइ डिभिजन कार्यालय प्रमुख गोपाल श्रेष्ठ लगायत वडा अध्यक्षहरुद्वारा स्थलगत निरीक्षण भएको हो।
अधेरी सिपाघाटमा गत साउन २३ गते राति परेको अबिरल बर्षाका कारण तुलनात्मक रुपमा ठुलो बाढी पहिरो आएको हुनाले हजारौं रोपनी खेतीयोग्य जमिन खेती अयोग्य भएका थिए भने सिंचाइका कुलोहरु लथालिङ्ग अबस्थामा समेत रहेका थिए ।
बाढी पहिरोले सिंचाइका कुलो खेतीयोग्य जमिनलाई पुर्याएको क्षेतिलाई मध्ये नजर गरि स्थानीय सरकार प्रदेशसरकार,सिंचाइ डिभिजन सँग समन्वय गरि खेतीयोग्य जमिनको संरक्षण गरि सिंचाइका कुलोहरु व्यवस्थापन गरिदिने मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाले सिन्धुज्वालालाई बताए ।
बिशेष गरि बाढीले क्षेति पुर्याएको ढाडकुलो,मुलकुलो,बाह्रमुरे कुलोहरु मर्मत गर्न प्राविधिक स्तिमेत तयार पारि काम दिगो हुने गरि अघि बढाउने नगर प्रमुख वाइबाले बताए ।
अस्तव्यस्त अबस्तामा रहेको सिंचाइका कुलोहरु बाढीले कटान गरेको खेतीयोग्य जमिनहरुको निरीक्षण गर्नका लागि प्रदेश सांसद बसुन्धारा हुमागाई, नगरप्रमुख टोक बहादुर वाइबा ,सिंचाइ डिभिजन कार्यलय प्रमुख गोपाल श्रेष्ठ,वडा नम्बर ६का वडा अध्यक्ष डिल्ली आचार्य, विद्यार्थी नेता नवराज ढकाल , लगायत सरोकारवालाहरुको बाक्लो उपस्थितती रहेको थियो ।
बाढी पहिरोले अधेरीमा सिंचाइका कुलो लगायत खेतीयोग्य जमिनमा पुर्याएको असर प्रति दुख व्यक्त गर्दै त्यहा रहेको मुख्य ढाडकुलो,मुलकुलो,बर्हुमुरेकुलो,लगायत खेतीयोग्य जमिन संरक्षण तथा व्यवस्थापनका निम्ति आफु लागि परिरहेको प्रदेश सांसद बसुन्धारा हुमागाईले सिन्धुज्वालालाई बताए ।
खेतीयोग्य खेत संरक्षण , कुलो व्यवस्थापन तथा मर्मतका लागि स्थानीय ,प्रदेश ,सिंचाइ डिभिजन सँग समन्वय गराएर दिगो हुने गरि काम अघि बढाईने सांसद हुमागाईले बताए ।
प्रदेश सांसद लगायत सम्पूर्ण जनप्रतिनिधिहरुले अस्तव्यस्त अबस्थामा रहेको कुलोको स्थलगत निरीक्षण गर्नु भए अनुसार उहाँहरुले यश बिषयलाई उठान गरि सिंचाइका कुलो व्यवस्थापन तथा मर्मत गरि दिगो टिकाउ हुने गरि काम गरिदिनु हुन्छ भन्ने आशामा रहेको चोलानाथ दुलालले सिन्धुज्वालालाई बताए ।