प्रदेश सरकारले बाढी पहिरोले क्षति पुरर्याएका सिन्धुपाल्चोक लगाएतलाई सहयोग गर्ने

भदाै ३१, चाैतारा सिन्धुपाल्चोक)
बागमति प्रदेश सरकारले बाढी पहिरोले क्षेति पुर्याएको स्थानीय तहलाई आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको साेमबार बसेकाे बैठकले बाढी पहिरोले क्षति पुरयाएको स्थानीय तहलाई तत्काल सहायताका लागि आर्थिक सहयोग उपलव्ध गराउने निर्णय भएको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जानकारी दिए ।
मन्त्री दुलालका अनुसार सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई क्रमशः ३० लाख र १५ / १५ लाख उपलव्ध गराइने भएको हाे ।
त्यस्तै नुवाकोटको दुप्चेश्वर गाउपालिकालाई पनि ३० लाख उपलव्ध गराइने भएको छ ।