बाह्रबिसे घुमथाङ पहिरोमा परेकाहरुको यस्तो छ विवरण (नामसहित)
भदौ २९, बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा लगाएत स्थानमा हिजो गएको पहिरोमा ३१ जना परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकले जारी गरेको विरण अनुसार पहिरोमा हालसम्म मृतकको संख्या ११ पुगेको छ । बाँकी २० जना अझै व्यवत्ता छन् ।
प्रहरीका अनुसार सोही वडाको भिरखर्क बि.क.टोलमा ३, नगपुजेमा १६ र नेवार टोलमा १ जना बेपत्ता अझै व्यपत्ता छन् । पहिरोमा हराईरहेका उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार पहिरोले
भिरखर्क बि.क.टोलमा ४, नागपुजेमा ११ र नेवार टोलमा ७ वटा घर र केम्बेमा १७ वटा घर पूर्णरुपमा क्षति भएका छन् ।
प्रहरीले निकालेको तथ्याङ्क यस्तो छ ।
क्रस मृतको नाम उमेर स्थान
१) भक्तीमाया श्रेष्ठ (महिला) ६२ नागपुजे
२) ल्याक्सी तामाङ (महिला) ९८ ”
३) सर्कीनी नेवार ६० भिरखर्क नेवारटोल
४) धनलाल नेवार ६५ ”
५) जुनु बि.क २३ भिरखर्क बिक टोल
६) सन्देश बिक ८ ”
७) सुकलाल बि.क २४ ”
८) ज्ञानी माया प्रधान ४२ नागपुजे
९) हिरा माया नेवार ६० भिरखर्क नेवारटोल
१०) सरस्वती वि.क ५ भिरखर्क बिक टोल
११) करण श्रेष्ठ २५ नागपुजे
घाईते छेसाङ तामाङ (५५), शुसील श्रेष्ठ (१६), सिर्जन तामाङ (१९), सुर्य ब. खड्का (६०) , मैना श्रेष्ठ (२३), अनुशा श्रेष्ठ, (११), बोरे वि.क. (७०) र वर्ष २३ का मिन बहादुर श्रेष्ठ रहेका छन् । उनीहरुको खाडीचौर सदबहार, बाह्रबिसे तथा धुलीखेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी वेपत्ता निम्न अनुसारको छ ।
क्रस नामथर उमेर स्थान
१) रस ब. नेवार ४८ नागपुजे
२) दिलमाया श्रेष्ठ १८ महिला ”
३) रिता श्रेष्ठ ३७ महिला ”
४) डानियल श्रेष्ठ ५ बालिका ”
५) नादान श्रेष्ठ ४ बालक ”
६) अमृत श्रेष्ठ २५ पूरुष ”
७) मनिषा श्रेष्ठ २५ महिला ”
८) रविना श्रेष्ठ ३० महिला नागपुजे
९) रियासु शिवभक्त ८ बालिका नागपुजे
१०¬ रविना श्रेष्ठको छोरो (नाम नखुलेको) २ बालक ”
११) पदम कुमारी श्रेष्ठ ६० महिला ”
१२) रामकुमारी श्रेष्ठ ४२ महिला ”
१३) लाल बहादुर श्रेष्ठ ५१ पूरुष ”
१४) बुद्ध लक्ष्मि श्रेष्ठ ५० महिला ”
१५) लक्ष्मी श्रेष्ठ ११ बालिका ”
१६) नाम नखुलेको (अमृत श्रेष्ठको घरमा आएको पाहुना) ”
१७) कुमार वि.क. २२ पूरुष भिरखर्क बिकटोल
१८) सोनिया वि.क. २१ महिला ”
१९) रुपा वि.क. १० बालिका ”
२०) शिव बहादुर नेवार ५३ पूरुष भिरखर्क नेवार टोल