
जन्ती ओडार झरेर गाउँसिंगै पुुरिदा हालम्म ११ शव फेला, अझै २१ व्यपत्ता

भदौ २८, घुम्थाङ ( सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङमा आज बिहान २ः३० बजे आएको पहिरोमा परेर ३२ जनाको ज्यान गएको छ । जसमध्ये आज बेलुका सम्म ७ पुरुष र ४ महिला गरी ११ जनाको शव फेला परेको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार पहिरोमा अझै २१ वेपत्ता छन् । हराईरहेकाहरुको नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य जारी राखिएको छ ।
झण्डै २ किलोमिटर माथिबाट घुम्थाङको पुरानो अड्डामुनी जन्ती ओडार झरेर वडा नम्बर ७ नागपुजे तथा भिरखर्कमा पहिरोले ठूलो मानवीय क्षेति पु¥याएको हो । ३२ जनामध्ये नागपुजेमा २० र भिरखर्कमा १२ जना परेका छन् । । पहिरोपछि रातभर भागदौड मच्चिएको स्थानीयले बताएका छन् । घटनास्थलमा स्थानीयसंगै पाहुना लाग्न आएकाहरु प्नि पहिरोमा पुरिएको हुनसक्ने उनीहरुको ठम्याई छ ।
पहिरोमा परेर घाईते भएका दुईजनालाई उपचारको लागि काठमाडौं लगिएको मेयर शेर्पाले जानकारी दिए । पहिरोमा त्याहाँका २४ घर पूर्ण रुपमा ध्वस्त भएको उनले बताए । उनका अनुसार नागपुजे र भिरर्खमा तत्कालै बस्ती नै सार्नुपर्ने ८१ घरधुरी रहेका छन् । त्यस्तै उच्च जोखिममा २ सय २२ घरधुरी रहेका छन् । त्याहाँ जोखिमा ५ सय भन्दा माथि संख्या रहेको वडा अध्यक्ष मिन बहादुर श्रेष्ठले बताए ।
पहिरो पीडितहरुको लागि नागपुजेकै जलारीचौरमा विस्थापितहरुलाई बस्ने र खाने व्यवस्था मिलाईएको नगरप्रमुख शेर्पाले जानकारी दिए । ‘हामीले उहाँहरुलाई आजै देखि खाने र बस्ने मिलाएका छौं’, मेयर शेर्पाले भने । उनका अनुसार नगरले २ सय माथि टेन्ट, त्रिपाल, लत्ताकपडा लगाएत सामग्री पु¥याएको हो । नगरपालिकाले दिउसो मिटिङनै राखेर उपमेयर शुशिला पाख्रिनको नेतृत्वमा विभिन्न विभागहरु निर्माण गरी घटनास्थल खटाईसकिएको उनले बताए । आफुले पीडितहरुको स्थायी बसोबासको लागि प्रदेश सांसद, मन्त्री, संघीय सरकार तथा सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराईसकिएको उनको भनाई छ । पहिरोबाट उम्केर बल्ल बल्ल बाँचेका स्थानीय भने अझै पहिरो झर्ने त्रासमा छन् । बाँचेकाहरुलाई पशुचौपाया सम्हालेर राख्न समेत धौ–धौ परेको पीडितहरुले बताएका छन् ।
पहिरो आउनुअघि वडाअध्क्षलाई प्रकोपको बारेमा जानकारी गराईएपनि वास्ता नगरिएको स्थानीय गणेश प्रधानले आरोप लगाए । समयमै जनताको आग्रहलाई सुनुवाई नहुँदा त्यति ठूलो क्षति भएको उनको आरोप छ । गत साल पौषमा भिरखर्क माथिको जन्ती ओडारको एकछेउबाट बस्तीमा सुख्खा पहिरो झर्ने गरेको उनले सुनाए । वडा अध्यक्ष श्रेष्ठले भने बस्तीको जोखिमको बारेमा नगरपालिकामा जानकारी गराईएको बताएका छन् । ध्वाँजा फाटेको जमिन जाँच गर्न भू–गर्भविधलाई ल्याउने भनिएपनि कोरोना माहामारीको कारण ल्याउन नसकिएको उनको भनाई छ । बस्ती जोखिमका सन्दर्भमा नगरपालिकामा पहिरो जोखिमका स्थानीयले कुनै निवेदन नदिएको मेयर शेर्पाको भनाई छ ।
घटनास्थल नागपुजे पुगेका सभामुख सापकोटाले पीडितसंग यस्तो भने
सभामुख अग्निप्रसाद सापकोटा १० नबज्दै घटना स्थल नागपुजेमा पुगेका थिए । घटनास्थलको अवलोकन पछि संक्षिप्त कुराकानीमा सभामुख सापकोटाले पहिरो पीडितहरुको लागि तत्काल राहत, उद्वार र सुरक्षित स्थानमा अस्थायी बसोबास मिलाउन पर्नेमा जोड दिए ।
त्यसपछि दु्रत गतिमा प्ररम्भिक चरणमा जोखीम तथा प्रकोपको रुपमा रहेको घट्ना तथा योजना नै मुख्य कुरा रहेको सापकोटाले बताए । आफूले स्थलगत अध्यानपछि स्थानीय स्तरमा रहेको समस्या प्रधानमन्त्रीलाई फोनमार्फत जानकारी दिएको र बाँकी काम उच्च पदस्थहरुकाबीचमा सिन्धुको जोखिमबारे बस्तुगत योजना बनाउन आग्रह गरिएको उनले बताए । पहिरो यो वर्षकै सवैभन्दा ठूलो पहिरो भएको आफुले अन्दाज गरेको उनले सुनाए । घुम्थाङका लागि अल्पकालिन तथा दिर्घकालिन योजना बनाएर बढ्ने उनले वचन दिए । नागपुजेको पहिरोमा नेपाल सरकारको तर्फबाट सहानुभूती तथा सान्वना प्रदान गर्न आफू तत्काल घट्नास्थल आएको उनलृृे सुनाए । आगामी दिनमा यस्ता घट्ना दोहोरिन नदिनको लागि दृघकालिन योजना र पूर्वतयारी नै प्रमुख रहेको उनको भनाई छ ।