जिल्लाको एउटा वडाले सरकारी पैसा बिनानै निर्माण ग¥यो आईसोलेसन र क्वारेन्टाईन

भदौ २७, धुस्कुन (सिन्धुपाल्चोक) । भनिन्छ, ‘ईच्छा र आकांक्षा भए उपाए कति कति’ । लाखौं, करोडौैको लगानी गरेको सरकारी योजनामा गुणस्तरहिन काम र अनियमिता भएको प्राय समाचार आईरहँदा जिल्लाको स्थानीय तहको एउटा वडाले भने सरकारी पैसा बिना नै आईसोलेसन र क्वारेन्टाईन निर्माण गर्न सफल भएको छ । उक्त आईसोलेसन र क्वारेन्टाईन निर्माण गर्ने त्रिपुरासुन्दरी गाउँपालिका ३ नम्बर वडा हो । वडाले क्वारेन्टाईन र आईसोलेन निर्माण गर्न केही संघसंस्था र गाउँमा चन्दा उठाएर निर्माणका गरिएको सो वडाका वडाअध्यक्ष सुकदेव रिसालले सिन्धुज्वालाई बताए । ‘हामीले कर्मचारी र जनतासंगको चन्दा तथा केही संघसंस्थाको सहयोगमा निर्माण गरेका हौं’, सुकदेवले भने । उनका अनुसार धुस्कुन पात्लेमा रहेको स्थानीय विद्यालय हरिसिद्धि आधारभुत विद्यालयमा आइसोलेसन र क्वारेन्टाईन निर्माण गरिएको हो । अध्यक्ष रिसालका अनुसार सो विद्यालयलाई मर्ज गर्ने गाउँपालिका शिक्षा शाखाले पहिल्यै निर्णय गरिसकेको छ ।

त्याहाँ १० वेडको आईसोलेसन र १५ वेडको क्वारेन्टाईन निर्माण गरिएको उनले बताए । उनका अनुसार सो निर्माणको लागि लिवर्ड संस्थद्वारा २ लाख बराबरको सहयोग र इसार्ड सुनकोशीले १ लाख बराबरको अक्सिजन सिलिन्डर लगायतका सामाग्रीे सहयोग गरेको थियो ।
जिल्लामै कोरोना संक्रमण बढ्न थालेपछि सोको रोकथाम तथा नियन्त्रणको लागि वडाकै पहलमा चन्दा उठाएर भएपनि क्वारेन्टाईन र आईसोलेसन निर्माण गरिएको उनले बताए । गाउँपालिकामा अहिलेसम्म आईसेलेसन निर्माण गरिएको छैन् । गाउँपालिकामै संक्रमित थपिए आईसोलेसन बिना उपचारको लागि बिरामी राख्न मुश्किल पर्ने उनको तर्क छ । ‘पालिका भित्र संक्रमित बढेसंगै अब छिमेकी पालिकाहरुले लिन मान्दैनन्’, सुकदेवले सिन्धुज्वालासंग भने । भोलीको सम्भावित जोखिम हुने देखेर नै वडाले पहल लिएको उनले सुनाए ।

आईसोलेसन र क्वारेन्टाईन निर्माण गर्न इच्छुकहरुबाट बढीमा १ हजारका दरले चन्दा संकलन गरिएको उनले बताए । सरकारले तोकेको मापदण्ड भन्दा अझ राम्रो र व्यवस्थित बनाईएको उनले बताए । उक्त क्वारेन्टाईन र आईसोलेसन निर्माण गरिएको विद्यालयलाई कोरोना संक्रमितको उपचारका लागि मात्रै होईन पछि अस्पतालकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको उनले सुनाए । सो कार्यको लागि बुद्विजिवी, शिक्षक तथा स्थानीय युवाहरुले पूर्ण साथ दिएको उनले बताए ।

स्मरण रहोस सो वडाले वडाभित्र कोरोनाको संक्रमण फैलन सुरु भएदेखिनै सचेतनाको अभियान थालेको थियो । बाहिरबाट आउनेलाई गाउँ प्रवेशमा कडाई गरेर काठमाडौं बस्ने वडाबासीलाई आफ्नै पहलमा १३३ बोरा चामल राहत स्वरुप स्वंयसेवक परिचालन गरेर कोठा–कोठामा पु¥याईएको उनले सुनाए । त्यस्तै वडाले कोरोनको संक्रमणका बेला विद्यार्थीको सिकाईलाई निरन्तरता दिन ‘डोर टु डोर टिचिङ मेथोड’ अभियान सञ्चालन गरेको थियो । वडा भित्र ५६ जना शिक्षक परिचालन गरेर घरघरमा शिक्षक पठाएर विद्यार्थीको सिकाईलाई सहजिकरण गर्ने अभियान थालिएको उनले बताए ।