अब सर्वसाधाणको लागि पनि कोरोना बीमा,गाउँ गाउँमा अभियान चलाउदै स्थानीय सरकार

अब सर्वसाधाणको लागि पनि कोरोना बीमा खुल्ला
भदौ २७ , चौतारा (सिन्धुपाल्चोक) । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) नेपालमा समुदाय स्तरमै फैलन थालेपछि सर्वसाधारणको लागि पनि कोरोना बीमा गरिने भएको छ । बीमा कम्पनीहरु मार्फत नेपाल सरकारले सर्वसाधारणको लागि कोरोना बीमा गर्न आह्वान गरेको छ । बीमा कम्पनीहरुले सर्वसाधारणको लागि बिमा खुल्ला गरेसंगै स्थानीय सरकारहरुले समेत सर्वसाधारणको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कोरोना बीमा गराउन सहयोग गर्ने बताएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ ले सर्वसाधरणका लागि कोरोना बीमा गर्न सूचना नै जारी गरेको छ । २ नम्बर वडाले हिजोबाट सर्वसाधारणको लागि कोरोना बीमा गराउन सूचना प्रकाशित गरिएको वडा अध्यक्ष दिपेन्द्र थापाले सिन्धुज्वालालाई जानकारी दिए । सर्वसाधारणले भोली अर्थात आईतबारबाट वडाबासीले वडामा आवेदन हाल्न सकिने उनले बताए ।

वडाअध्यक्ष थापाका अनुसार बीमा कम्पनीहरुले सर्वसाधारणको लागि एकलाखको गराउने बीमामा सर्वसाधारणले व्यक्तिगत रुपमा ६ सय शुल्क दिनुपर्ने भएपनि वडाले ५० प्रतिशत छुट दिएर तीन सयमै गरिनिे भएको हो । ‘अब वडाबासीले बीमाको लागि तीनसय मात्रै तिरे पुग्छ’, वडाअध्यक्ष थपाले भने । तर बीमा गराउने सम्बन्धीत व्यक्ति र निजको सदस्य बिगत एकमहिना देखि आफ्नो घर छोडी कतै नगएको हुनपर्ने थापाको कथन छ । बीमाका लागि वडा नम्बर २ का ३ महिना देखि ९९ सय बर्ष उमेर समुहका व्यक्तिहरुले आवेदन दिन सकिने उनले जानकारी दिए । सर्वसाधारणले गर्ने बीमाका लागि नेपाली नागरिकताको लागि प्रतिलिपी, १६ वर्ष मुनिको हकमा जन्मदर्ताको प्रतिलिपी र घरमुलीको पासपोर्ट साईजको फोटो आवश्यक पर्ने उनले बताए ।
बीमा गरेका सर्वसाधारणले उक्त रकम पिसीआर रिपोर्ट पोजेटिभ आएको खण्डमा मात्र प्राप्त गर्ने छन् । अहिलेसम्म बीमा कम्पनीहरुले कोरोना संक्रमण भएयता दुईलाख भन्दा माथि सर्वसाधरणको बीमा गराईसकिएको जनाएको छ ।