मण्डनदेउपुरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७८ लाख ५८ हजारकाे खर्च

भदौ २६, मण्डनदेउपुर (काभ्रे )। जिल्लाको मण्डनदेउपुर नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च सार्वजनिक गरेको छ ।
नगरले चैत देखि साउन मसान्तसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि ७८ लाख ५८ हजार १ सय ३८ रुपैयाँ खर्च भएको मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाले सिन्धुज्वालालाई जानकारी दिए।
उनका अनुसार क्वारेन्टाइन व्यवस्थापन , खानेपानी व्यवस्थापन , शौचालय व्यवस्थापन , हेल्थ डेक्स , बिमा लगायत राहत सामग्री खरिदमा खर्च भएको हो।