नेपाल तामाङ घेदुङद्वारा लिदी पहिरो पीडितलाई २५ लाख आर्थिक सहयोग

भदौ २६, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाल तामाङ घेदुङद्वारा लिदी पहिरो पीडितलाई आर्थिक सहायता प्रदान गरिएको छ । घेदुङको पहलमा विभिन्न क्षेत्रबाट पहिरो पीडितको लागि आर्थिक सहयोग जुटेपछि आज बाँसखर्कमा बसेका पीडितहरुलाई हस्तान्तरण गरिएको नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङबोले सिन्धुज्वालाई जानकारी दिए । उनका अनुसार घेदुङको पहलमा विभिन्न मुलकमा रहेका घेदुङ समाज मार्फत २६ लाख रकम संकलन भएको हो । याे अहिले सम्मकै सबैभन्दा ठूलाे रकम हाे । अार्थिक संकलनकाे लागि अन्र्तराष्ट्रिय परिषद् र नेपाल तामाङ घेदुङ संघीय सचिवालयले समन्वय गरेको थियो । रकम नेपाल तामाङ घेदुङलाई बिहिबार काठमाडौं एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । सो रकम लिएर तामाङ नेताहरु बाँसर्क आजै पुगेर वितरण गरिएको जिल्ला अध्यक्ष स्याङबोले जानकारी दिए ।

साउन ३० गते आएको पहिरोमा परी जुगल गाउँपालिका वडा नम्बर २ लिदीका १ सय ४१ घरधुरी विस्थापित भएका थिए ।
उनीहरुलाई प्रतिघरधुरी १० हजारका दरले रकम बाँडिएको स्याङ्बोले बताए । त्यसैगरी , १७ घरधुरी ध्वस्त भएको विस्थापितहरुलाई प्रतिघरधुरी २५ हजार र १२ घर मृतक परिवारलाई प्रतिघर ६० हजारको दरले बाँडिएको उनले जानकारी दिए ।
२६ लाख रकम घेदुङलाई हस्तान्तरण भएकोमा २५ लाख लिदीमा बाँडिएको र एकलाख रकम बराम्चेमा भिरबाट लेडेर अंगभंग भएकी एक महिलाको उपचारको लागि प्रदान गरिने जिल्ला अध्यक्ष स्याङ्वोले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ट उपाध्यक्ष टासी लामा, सभासद दावा तामाङ, तामाङ घेदुङका सिन्धुपाल्चोक जिल्लाअध्यक्ष रेशम स्याङ्बो, गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ र वडा अध्यक्ष लगाएत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । बिहिबार दिउसो नेपाल तामाङ संघीय कार्यालय हलमा हस्तान्तरण गरिएको हो ।
यि हुन आयोजक तथा सहयोगी संस्थाहरु
हङकङ तामाङ घेदुङ, नेपाल तामाङ दक्षिण कोरिया, नेपाल तामाङ घेदङ मलेशिया, तामाङ बेल्जियम, नेपाल तामाङ समाज जापन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति बहराईन, तामाङ घेदुङ युके, नेपाल तामाङ घेदुङ साईप्रस, मकाउ तामाङ घेदुङ एशोसियुन, नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार र तामाङ समाज दक्षिणकाेरिया रहेका छन् ।