९६ बर्षीय हजुरबाको यस्तो जाँगर, आत्मनिर्भरका लागी दाम्लो र डोको आफैं बुन्छन्

दिनेश दुलाल
भदौ २४, बलेफी (सिन्धुपालचोक) । बलेफी गाउँपालिका वडा नम्बर ४ निवाबोटेका दलबहादुर मल्ल ठकुरी उमेरले ९६ बर्ष पुगे । बुढेसकालको यो उमेरमा पनि उनको जाँगर घटेको छैन् । पँलाती पलाँतीना भईसकेका वृद्वा ठकुरीका खँलाती हुन लागि सके तर उनी आफैं आत्म निर्भर बनेका छन् । वृद्व ठकुरीको छोराछोरी, नातीनातिना र पनातीपनातीना समेत गरी झण्डै तीन दर्जन सन्तान पुगिसके तर उनी एक्लै बस्न विवश छन् । उनका छोरा, नाती तथा पनातीहरु छुट्टिएर बस्न थालेसंगै वृद्व दुईदशक देखि एक्लै बस्दै आएका छन् ।
अहिले भने उनलाई उनका पनाती २० वर्षीय जीवन ठकुरीले सहयोग गर्दै आएका छन् । भूकम्पले पुुरानो घर भत्किएसंगै उनका छोरा÷नातीहरुले एककोठाको भूकम्प प्रतिरोधात्मक घर बनाईदिएका छन् । त्यहि घरमा वृद्व ठकुरी बस्छन् । त्यसको छेवैमा सानो मतान भएको टिनको छानो भएको छाप्रो छ । त्याहाँ ठकुरीले ४ वटा बाख्रा पालन गरेका छन् । दैनिकी उनको जीवन दाम्लो बाट्न र डोको बुन्ननै बितको छ । सभामुख अग्निप्रसाद सापकोटाको निबास नौबिसे (कुबिण्डे) बाट दुईकिलोमिटर टाढा बलेफीतर्फ वृद्व ठकुरीको घर मुल सडकमै जोडिएको छ ।

उनी भुँईतले छाप्रोको सानो पीडिमा बसेर बोरोको धागो फुकाउँदै कहिले दाम्लो बाटी रहेका हुन्छनत, कहिले डोको बुन्दै गरेका हुन्छन् । अझैसम्म राम्रोसंग कान सुन्न र आँखा देख्न सकिएको बताएका ठकुरीले आफ्नो वृद्वभत्ताले दैनिकी घर खर्च चलाएको बताउँछन् । ‘पोहोर सालम्म डोको र दाम्लो बेचर दैनिकी चलेको थियो अब बेच्नको लागि बनाउन नसक्ने भएँ’, डोको बुन्दै गरेका ठकुरीले भने ।

आफ्नो लागि भने खाँचो नपारेको उनी बताउँछन् । ‘बसेर मात्र के गर्नु बाँचुन्जेल र सकुन्जेल केही त गर्नैप¥यो’, वृद्व ठकुरीले भने । छोराछोरी र नातानातिनीले छाडेपनि पनातीको भरमा आफु रहेको ठकुरीले बताए । बुबाआमा पैसा कमाउन शहरमा गएकोले आफुले वृद्व हजुरबुबाको स्याहारसुसार गरेको उनका पनाती जीवले बताए । आफुलाई वृद्वभत्ता बाहेक सरकार तथा कुनै निकायबाट सहयोग नपाएको उनले सुनाए ।