सूर्यविनायक नगरपालिकाको नेपालकै पहिलो अभ्यास घूम्ती स्वाब संकलन बुथ

भदौ २४, सूर्यविनायक (भक्तपूर) । सूर्यविनायक नगरपालिकाको नेपालकै पहिलो अभ्यास घूम्ती स्वाब संकलन सुरुवात गरेको छ । सूर्यविनायक नगर क्षेत्रमा संक्रमितको संख्या बढदै गएपछि घुम्ती स्वाब संकलन बूथ आजबाट सञ्चालनमा ल्याईएको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले जानकारी दिए ।

‘सूर्यबिनायक नगरपालिकामा संक्रमण बढेसंगै सो को नियन्त्रण तथा रोकथामको लागि घुम्ति स्वाब संकलन बूथ सञ्चालनमा ल्याएका हौं’, नगरप्रमुख थापाले भने । कोभिड–१९ को संक्रमण नगरबासीहरुमा फैलिनबाट रोक्न नगरपालिकाले जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्ना स्वास्थ्यकर्मीको टोली मार्फत कन्ट्रयाक्ट ट्रेसिङ् गर्दै स्वाब संकलन अभियान सुरु गर्दै आईरहेकोमा आजबाट घूम्ती बुथ पनि संचालनमा ल्याएको उनले बताए । यो अभियानले स्वाब संकलन कार्यमा थप प्रभावकारी बन्ने ठोकुवा गरे । अभियानलाई अझ प्रभावकारी बनाईने उनले बताए ।

सूर्यबिनायक नगरपालिका भित्र अहिले सम्म संक्रमितको संख्या १ सय ७६ रहेको वडा नम्बर ८ का वडाअध्यक्ष किरण थापाले जानकारी दिए । उनका अनुसार संक्रमित मध्य महिला ७९ र पुरुष ९७ रहेका छन् । पिसिआर हालसम्म ५ सय ६६ जनाको गरिएको उनले जानकारी दिए । संक्रमित मध्ये हालसम्म महिला ४९ पुरुष ५७ गरी १ सय ६ जना निको भएर घर फर्किएको उनले बताए । नगरपालिकामा संक्रमित भएर महिला २ र पुरुष २ जनाको ज्यान गएको छ ।