बाह्रबिसे नगरपालिकाद्वारा १५ दिनमै ४० वेडको क्वारेन्टाईन निर्माण

भदौ २३, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले ४० वेड क्षमताको क्वारेन्टाईन निर्माण गरेको छ । नगरपालिकाले बाह्रबिसे बजारको सुनकोशी तर्फ शारदा माध्यामिक विद्यालय नजिकै क्वारेन्टाईन निर्माण गरेको हो । निर्माणको अन्तिम चरणमा रहेको उक्त क्वारेन्टाईन १५ दिनमै निर्माण सम्पन्न भएको नगरपालकाले जनाको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी अनुसार क्वारेन्टाईन निर्माण गरिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए । ‘हामीले क्वारेन्टाईन निर्माणलाई तिव्र गतिका निर्माण गरेका हौ’, मेयर शेर्पाले सिन्धुज्वालासंग भने । उनका अनुसार क्वारेन्टाईन निर्माण भदौको पहिलो साताबाट सुरुवात गरिएको हो । क्वारेन्टाईन सोमबार सम्म ९० प्रतिशत काम सम्पन्न भएको नगर प्रमुख शेर्पाले बताए । रंगरोगन लगाएत बाँकी रहेको १० प्रतिशत काम एकदुईदिन भित्रै सम्पन्न गरिसक्ने उनले जानकारी दिए ।

क्वारेन्टाईन निर्माणमा नगरपालिकाले १४ लाख खर्चिएको उनले बताए । मेयर शेर्पाका अनुसार पुनर्निर्माण प्राधिकरणले जस्ताको टहरो हालेर आफ्ना माताहातका ईन्जिनियरलाई अस्थायी रुपमा राखेको थियो । पछि नगरपालिकालाई हस्तान्तरण गरेको थियो । सोही ठाउँलाई नगरपालिकाले घेराबार सहित नयाँ संरचना निर्माण गरेको हो । छानो र आल्मोनीयम वाल बाहेक सम्पूर्ण संरचना नगरपालिकाको लगानीमा भएको उनले बताए । क्वारेन्टाईन निर्माण हुनु अघि उक्त ठाउँ निकै फोहोर व्यवारिसे अवस्थामा रहेको उपप्रमुख शुशिला प्राखिनले बताईन । ‘पहिला यो ठाउँ भूतबंगला जस्तै थियो, नयाँ संरचना बनेसंगै अर्कै भएको छ’, उपप्रमुख प्राख्रिनले भनिन् ।

नगरपालिकाले अाईसाेलेसनकाे लागि तयार गरिएकाे अरनिकाे कलेज

नगरपालिकाले आईसोलेन वार्ड भने सोही ठाउँको माथि अरनिको कलेजलाई प्रयोगमा ल्याईएको नगरपालिकाले जनाएको छ । कलेजको भवनलाई घेराबार सहतिको ६० जना समेत बिरामी राख्न सकिने क्षमताको निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ । कुन ठाउँलाई आईसोलेसन वा क्वोन्टाईनको रुपमा प्रयोगमा ल्याईने भन्ने कुरा अन्तिम निर्णय भने बाँकी रहेको मेयर शेर्पाले बताए । मेयर शेर्पाका अनुसार बाह्रबिसे नगरपालिकामा हालम्म एकजना मात्र संक्रमित रहेका छन् ।
उनी उपचारको क्रममा रहेका छन् । नगरपालिका भित्र थप संक्रमित बढ्न नदिन नगरपालिकाले आवश्यक सहजगता अपनाएको मेयर शेर्पाले बताए । तर कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय कार्यकर्ताले अवरोध पु¥याएको उनले आरोप लगाए ।

भिडियो हेर्न तल ल्किक गर्नु होला