गाउँपालिका अध्यक्ष तामाङद्वारा बिद्यालय भवन शिलान्यास

रबिन दनुवार
भदौ २३, भिमटार (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भाङ्टार स्थित इन्द्रावती आधारभूत बिद्यालय भवन शिलान्यास भएको छ ।
शनिबार पालिका अध्यक्ष वंशलाल तामाङद्वारा इन्द्रावती आधारभूत बिद्यालय भवन शिलान्यास भएको हो ।
विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले गाउँ पालिकाको आगमी योजना शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गरिने योजना रहेपनि देशव्यापी फैलिएको कोरोना माहामारीको कारण ठोस कार्यक्रम गर्न नसकिएको बताए । ‘हामी शैक्षिक क्षेत्रको विकास गर्ने चरणमा थियौं, यो बर्ष कोरोनाको कारण सोचे अनुसार योजना बनाएर काम गर्न सकेनौं’, पालिका अध्यक्ष तामाङले भने । कोरोनाको माहामारी हटेसंगै शैक्षिक क्षेत्रको सुधार गरिने उनले बताए । कार्यक्रममा कार्यपालिका सदस्य रबिन्द्र खाति, सोही वडाका वडा अध्यक्ष कमल रत्न दनुवार, भिमेश्वरि माविका प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ , सोही बिद्यालयका प्रधानाध्यापक माधब नेपाल ,बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम दनुवार लगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

विद्यालय निर्माणका लागि जिल्ला शिक्षा समन्वय इकाईबाट प्राप्त ६९ लाख बजेटले विद्यालय भवन निर्माण हुन लागेको इन्द्रावती आधारभूत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सिताराम दनुवारले सिन्धुज्वालालाई बताए ।
बिद्यालय भवन निर्माणका लागि ठेकेदारसँग ठेक्का सम्झौता गरे अनुसार भवन ६ महिना भित्रमा निर्माण सम्पन्न हुने अध्यक्ष दनुवारले जानकारी दिए ।