बाह्रबिसे नगरपालिकामा कांगेसले कोरोना संक्रमण फैलाएको स्थानीयको आरोप

भदौ १९, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकामा कोरोना संक्रमण फैलिन नेपाली कांगेस जिम्मेवार रहेको स्थानीयले आरोप लगाएका छन् ।
संक्रण फैलिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको नेतृत्वमा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत तथा कार्यकर्ताहरुको संलग्नता देखिएको उनीहरुको आरोप छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका बालकृष्ण बस्नेत प्रहरीको फरार सूचिमा रहेका छन् । उनलाई नीजि सम्पति माथि गरिएको तोडफोड तथा नगरपालिकाका एक कर्मचारीलाई दुव्र्यव्यहार गरेको भन्दै सार्वजनिक अपराध ऐन अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीको फरार सूचिमा रहेका उनी अहिले गाउँगाउँमा खुलेआम हिडिँरहेको पँलातीका एक स्थानीयले सिन्धुज्वालालाई बताए ।

कांग्रेसहरुको अनुशासन हिनका कारण बाह्रबिसे नगरपालिकामा भिडभाड गर्ने कार्यले समस्या उत्पन्न भएको ती स्थानीयको भनाई छ । क्षेेेेेत्री सभापति बस्नेतले कांग्रेसमै अावद्ध ईमान्दार युवतीहरूलाई उनकाे अाफ्नै घरमा लगेर अपराधिक कृयाकलापमा संलग्न गराउन प्रयत्न गरिएकाे ती स्थानीयकाे अाराेप छ । सार्वजनिक अपराधिक कृयाकलापमा संलग्न भनिएका क्षेत्रीय सभापति बस्नेत प्रहरीको पक्राउ सूचिमा परेपनि खुलेआम घुमफिर गरेको उनीहरुको भनाई छ । ति स्थानीयका अनुसार जिल्लाभर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको अवस्थामा केन्द्रीय सदस्य मोहन बस्नेत तथा क्षेत्रीय सभापति बस्नेतले पार्टी प्रवेश गराउने नाममा गाउँगाउँमा गएर सर्वसाधारणलाई भेला गर्ने काम गरिरहेका छन् । पछिल्लाे समय बस्नेतकै एक सक्रिय कार्यकर्तामा समेत कोरोना संक्रमित देखिएकाे छ । उनी सिकिस्त अवस्थामा उपचार गराईरहेका छन् ।
यस्तो माहामारीको बेलामा पार्टी प्रवेश गराउने नाममा राजनीति गर्नु गलत भएको बाह्रबिसे नगरपालिकामा मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए । ‘सार्वजनिक अपराधमा प्रहरीको फरार सूचिमा रहेका व्यक्ति यस्तो माहामारीको बेलामा गाउँ गाउँमा मान्छे जम्मा पार्दै हिड्नु गैरकानुनी छ’, मेयर शेर्पाले भने । समाजलाई माहामारीको आतंक फैलाउने जो सुकैलाई प्रहरी प्रशासनले नियन्त्रण लिन पर्ने उनले बताए । यसमा प्रहरी प्रशासन चुकेको समेत उनले आरोप छ । यस सन्दर्भमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्यौपानेसंग बुझ्दा उनले फरार रहेका बस्नेतलाई पक्राउ गर्न नसकिएको स्किार गरे । ‘हामीले खोजिकार्य जारी राखेका छौ तर पक्राउ गर्न सकिएको छैन्’, प्रहरी निरिक्षक न्यौपानेले भने ।
यस सन्दर्भमा सार्वजनिक अपराध ऐन सम्बन्धी मुद्दा लागेर फरार भनिएका नेपाली कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति बस्नेत संग उनीसंग फोन सम्पर्क हुन सकेन ।