
लिसंखुपाखरमा एकघर एकधारो अभियान अन्र्तगत दुई करोडको खानेपानी बन्दै

भदौ १८, अत्तरपुर (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिकामा एकघर एकधारो अभियान अन्र्तगत दुई करोडको लागतमा खानेपानी आयोजना बन्ने भएको छ ।
दुई करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको हिजो एक कार्याक्रमका बीच पालिका अध्यक्ष कमल नेपालले शिल्यान्यास गरेका हुन् ।
पालिकामा खानेपानीको सहज पहुँच पु¥याउने अभियान अन्र्तअगत उक्त लागतमा खानेपानीको आधयोजना सुरुवात भएको अध्यक्ष नेपालले बताए । पालिकाको प्रत्येक बस्तीमा एकघर एकधारो पु¥याउने समेत लक्ष्य रहेको उनले सुनाए । पछिल्लो आयोजना दुईकरोड भएपनि टेन्डर भने १ करोड ६६ लाखमा भएको उनले जानकारी दिए । चैत्र मसान्त भित्र सकिने उक्त आयोजना लिसंखुपाखुर गाउँपालिकाको कार्यालय रहेको स्थान अत्तरपुर, सिक्रे र प्यूखर्कमा वितरण हुने उनले बताए । उनका अनुसार उक्त खानेपानीले १ सय ९० घरधुरीलाई खानेपानीको पहुँच पुग्ने छ । बजेट भने संघको विशेष अनुदानबाट एक करोड ४६ लाख र सिन्धुपाल्चोक १ नम्बर क्षेत्र (क) का सांसद अरुण नेपालको पूर्वाधार विकासकार्यक्रमको ५० लाख परेको उनले बताए ।
यो आर्थिक वर्षभित्रै पालिकाका सबै वडाहरुमा खानेपानीको पहुँच पु¥याईने उनले जानकारी दिए ।