मेलम्ची नगरपालिकाद्वारा बाढीपहिरो सम्भावित क्षेत्रहरुकोे अनुगमन

भदौ १८, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले आफ्नो नगरभित्र बाढीपहिरो लगाएत सम्भावित विपद् जोखिमका क्षेत्रहरुको अनुगमन गरेको छ ।
नगरले सो खालको अनुगमन १३ वटै वडामा गरिएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले सिन्धुज्वालाई जानकारी दिए । ‘हिजोबाट सकिएको अनुगमनको प्रतिवेदन भोली सम्म आईपुग्छ’, मेयर अर्याललले भने । प्रतिवेदन आईसकिएपछि पहिलो चरणमा घर भत्किएकालाई के गर्ने, जोखिमपूर्ण रहेका बस्तीको स्थान्तरण कहाँ कसरी गर्ने सो बारे बिस्तृत खाका तयार गर्ने उनले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा बस्तीको लागि खानेपानी अवस्था, सिंचाईको अवस्था र आवश्यकताको बारेमा योजना बनाएर लागु गरिने उनले बताए । त्यसपछि सडक, विद्यालय भवन लगाएत पूर्वाधारको योजनालाई तिब्रता दिने नगरको योजना रहेको उनले सुनाए । बस्तीहरुलाई सार्नुपर्ने भए प्रदेश, संघ संग समन्वय गरेर आवश्यक प्रक्रिया थालिने उनले बताए । सिन्धुपाल्चोकलाई विपदको नमुना बनाउने चर्चा चलिरहँदा सिन्धुपाल्चोका विभिन्न ठाउँहरुलाई जोडेर कम्तिमा एउटा पालिकामा त्यस्तो छ भने एउटालाई नमुनाको रुपमा गर्ने र क्रमशः गर्दै जाने कुरा भएको उनले बताए । यसअघि जिल्लामा विपद्को पूर्व तयारी भन्ने तर केही पनि नहुने, बस्ती स्थान्तरण गर्नुपर्ने भनेपनि नहुने समस्या रहेपनि आगमी दिनमा त्यसो नहुने उनले ठोकुवा गरे । कतिपय ठाउँमा बस्ती स्थान्धतरण गर्नुर्ने अवस्था भएपनि स्थानीयले आफ्नो थातथलो छोड्न नचाहेको तथा जिविको पार्जनको समस्या रहेको उनको ठम्याई छ । वर्षा आउँदा बाढीपहिरोको समस्या आएपनि दशैं पछि पीडित तथा सरोकार पक्षले विर्सने गरेको विगतको समस्या सुनाए । विगतको अवस्थालाई अब सुधारिने उनले प्रतिवद्वता जनाए ।