प्रदेश सांसद हुमागाईको पहलमा पर्यटकीय ताल निर्माणकालागि ९ करोड माथिकाे अायाेजना
रबिन दनुवार
भदौ १८, बनेपा (काभ्रे)।
जिल्लाको बनेपा नगरपालिका वडा नम्बर २ हिलेजलजलेमा पर्यटकीय ताल निर्माणका लागि बजेट विनियोजन गरिएको छ।
बागमती प्रदेशसभा सांसद बसुन्धारा हुमागाईको पहलमा पर्यटकीय ताल निर्माणका लागि प्रदेश मार्फत ९ करोड ७ लाख ७० हजार रकम विनियोजन भएको हो।
तुलनात्मक रुपमा जिल्लामा पर्यटकीय ताल निर्माणका लागि भनेर पहिलो पटक करोड भन्दा माथि बजेट विनियोजन भएको हो।
हिलेजलजले भन्ने ठाउँ काठमाडौ उपत्यकाबाट नजिकै पर्ने भएकोले र पर्यटकहरुको आकर्षण देखिने हुनाले पर्यटकीय ताल निर्माणकालागि बन वातावरण पर्यटनमन्त्रालयबाट ९ करोड ७ लाख ७० हजार बजेट विनियोजन गर्न सफल भएको प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले सिन्धुज्वालालाई जानकारी दिए ।
खानेपानी स्रोतको सुनिश्चिताकाे निम्ति पर्यटकहरुको आकर्षणका निम्ति रोजगारीका निम्ति ताल निर्माण हुन लागेको प्रदेशसभा सांसद हुमागाईले बताए ।
उनका अनुसार पर्यटन विकास महाशाखाले आवश्यक प्रक्रिया पुरा गरि एक महिना भित्र टेन्डर आव्हान गरि काम सुरु गर्नेछ ।