
पीडितलाई दिने राहतको नाममा राजनीति, पैसा पालिकाको जस पूर्व मन्त्रीको

भदौ १६, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्ला ५ वर्ष देखि
प्राकृतिक प्रकोपको चपेटामा पर्दैै आएको छ ।
२०७१ सालको जुरे पहिरो देखि २०७२ सालको भूकम्प तथा पछिल्लो बाढी पहिरोको कारण ठूलो मानवीय र भौतिक क्षेति व्यहोरोको छ । बाढी पहिरो लगाएत महाविपत्तीमा देशकै ठूलो चर्चामा रहेको सिन्धुपाल्चोेकमा राजनीति दलका नेता कार्यकर्ताको सहयोगी भावना नभएको होईन तर पछिल्लो समय राहत र सहयोगको नाममा सिन्धुपाल्चोकमा राजनीति समेत हुने गरेको छ । प्रकोपको चपेटामा परेका पीडितलाई राहत सहयोग भन्दा पनि जिल्लाका केही नेताहरुको जस लिने होडबाजी चलेको देखिन्छ । यस्तो होडबाजी गर्ने मध्यका हुन पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । मन्त्री बस्नेतले पीडितको लागि अन्यन्त्रबाट आएको सहयोगमा आफुले गरेको भनेर राजनीति गर्न खोजेको मोहन बस्नेत ईतरका कार्यकर्ताले आरोप लगाएका छन् ।
धुसिनीका एक स्थानीयका अनुसार पूर्वमन्त्री बस्नेतले सुनकोशी गाउँपालिका वडा नम्बर ६ थुम्पाखर धुसेनीमा गएको पहिरो विस्थापितलाई गाउँपालिकाले गरेको सहयोगलाई उनले आफुले सहयोग गरेकाे बताएका थिए । उनले फेसबुक वालमा समेत आफुले सहयोग गरेको उल्लेख गरेका छन् । धुसेनीमा पहिरो पीडितलाई सहयोग गरिएको सन्दर्भमा उनले फेसबुक मार्फत यसरी उल्लेख गरेका छन् । ´धुसेनीमा भएको घटनाको निरिक्षणमा गई गाउँपालिका र वडाको सहकार्यमा यो बस्ती सार्ने कार्यमा लागि रहेको जानकारी गराउँदछु । ‘म लगाएत सुनकोशी गाउँपालिका अध्यक्ष बिनोद कुमार जिसी, यसै वडाका वडाअध्यक्ष रामकुमार थापाको संयुक्त रुपमा पहिरोबाट पुरिएकाकाको घर बनाउन पाँचलाख दिने निर्णय गरेका छौं ।’ ताकी पीडित परिवारलाई आवास बनाउन दिने प्रतिपरिवार पाँचलाख रकम पालिकाले दिने निर्णय गरेको छ ।
पालिका अध्यक्ष श्रवणकुमार जिसीद्वारा जारी गरिएको विज्ञप्तिमा पीडित परिवारको उचित व्यवस्थापनको लागि निजहरुलाई गाउँपालिकाको तर्फबाट पाँचलाख तत्काल उपलब्ध गराईने उल्लेख गरेका छन् । गाउँपालिकाले गरेको सहयोगलाई आफुले व्यक्तिगत तर्फबाट सहयोग गरेको भन्नु गलत भएको सोही गाउँपालिका अन्र्तअगत एकवडाअध्यक्षले सिन्धुज्वालालाई बताए । यसअघि पनि नेता बस्नेतले पालिकाले गरेको सहयोगलाई आफुले गरेको भनेर प्रचार गर्ने गरिएको उनले दावी गरे । धुसेनी पहिरो पीडितको लागि जिल्ला व्यवस्थापन समितिले उपलब्ध गराईएको त्रिपाल लगाएत सामग्री समेत पूर्वमन्त्री बस्नेतले आफुले दिएको भनेर प्रचार गरेको उनले आरोप लगाए ।
स्मरण रहाेस सुनकाेशीकाे धुसेनी लगाएत पहिराेकाे उच्च जाेखिम रहेकाे क्षेत्रकाे १ क्षेत्र (ख) का सांसद तथा बागमती प्रदेशका अर्थ तथा विकास सभापति सरेश नेपालले निरिक्षण गरेेेेका थिए । सांसद नेपालले उक्त ठाउँका चारघरलाई तत्काल सार्नुपर्ने सम्बन्धित निकायमा ध्यानाकर्षण गराएसंगै समयमै पहल पुग्न सकेकाे हाे । उक्त पहलले सम्भावित जाेखिमबाट स्थानीयलाई बचाउन सकिएकाे छ ।
यस्तो छ पूर्वमन्त्री बस्नेतले लेखेको स्टाटस तथा पालिकाको जारी गरेको वक्तव्य