एककरोडको लागतमा बन्दै परोपकारको भवन, मेयर थापाद्वारा शिल्यान्यास
भदौ १६, सिपाडोल (भक्तपुर) । मानव सेवामा सर्मप्रित सिपाडोल क्षेत्र परोपकार समाजको आफ्नै भवन बन्ने भएको छ । सूर्यबिनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा एक करोडको लागतमा बन्ने परोपकारको भवन शिल्यान्यास भएको छ । सूर्यविनायक नगरपालिका मेयर बासुदेव थापाले हिजो बिहान उक्त भवनको शिल्यान्यास गरेका हुन् । भवनको शिल्यान्यास गर्न सिपाडोल पुगेका मेयर थापाले भवन निर्माणमा आवश्यक रकम नगरपालिकाले गरिदिने बचन दिएका थिए । ‘तपाईहरु भवन छिटो सम्पन्न गर्नुहोस पैसाको चिन्ता नगर्नुहोस आवश्यक रकम नगरले व्यवस्था गर्नेछ’, मेयर थापाले भने ।
उक्त भवन बनाउन बागमती प्रदेशको ३० लाख लगानीबाट शुरुवात हुन लागेको उक्त भवन निर्माणको लागत एककरोड पुग्ने अनुमान गरिएको छ । सामाजिक विकासमन्त्री युवराज दुलालले भवन निर्माणको लागि ३० लाख छुट्याईएपछि भवन निर्माण गर्न बाटो खुलेको सिपाडोल क्षेत्र परोपरकार समाजका संरक्षक बालकृष्ण सापकोटाले बताए ।
उनका अनुसार परोपकारको आफ्नै स्वामित्वमा रहेको ३ आना क्षेत्रफलको जग्गा पास खर्च तथा राजश्व समेत गरी ३३ लाखमा खरिद गरिएको हो । जग्गा दाताले नक्सा निशुल्क बनाईदिएको उनले बताए । ढल व्यवस्थापन गर्दा बचत भएको ४० लाखबाट जग्गा खरिद गरिएको उनले बताए । सूर्यबिनायक नगरपालिकाले मेयर बासुदेव थापाले परोपकारको भवन निर्माण गर्दा नपुग पैसा सहयोग गर्ने बचन दिईएको उनले बताए । भवन बनाउन नपुग पैसा जेजति लाग्छ नगरपालिकाको तर्फबाट सहयोग गर्ने बचन मेयर थापाले दिईएको उनले बताए । उनका अनुसार भवन भवन निर्माण ३ आनामा बन्ने छ ।
मुल सडक संग जोडिएको एकपैसा जग्गा पनि जग्गा धनीले परोपकार समितिलाई दान गरिएको उनले बताए । जग्गा दान गर्ने स्थानीय कृष्णगोपाल खाईतु र कृष्णभक्त खाईतु रहेका छन् । उनीहरुलाई पनि हिजो नै समितिले सम्मान गरिएको उनले बताए । जग्गा दाताको नाम शिलालेखमा सबभन्दा माथि लेखिने उनले बताए । उनका अनुसार ६ महिनामा बनाई सक्ने उक्त भवनको बाँकी खर्च सबैसंग चन्दा उठाएर पुर्ताल गरिने उनले बताए । भवन निर्माणको लागि १० लाख ३० हजारमा ठेक्कामा दिईकएको उनले बताए । सिपाडोल क्षेत्रलाई समेटिएर निर्माण परोपकार समाज ३ वर्ष अघि गठन भएको हो । वडाको तर्फबाट समेत परोपकार भवनको लागि आवश्यक सहयोग गरिने साही नगरपालिकाका ८ नम्बर वडा अध्यक्ष किरण थापाले प्रतिवद्वता जनाए ।